कृष्ण के सी/अमेरिका
चिनेको या जानेको हिसावले नविन बुढाथोकी मेरो साथी हो। उनको व्यक्तिगत जिन्दगीका थप पाता त धेरै ज्ञान छैन तर पनि हामीबीच एकल रुपमा चिन-जान भएको केहि वर्ष भयो।
नबिनले छिरिङ्ग मूभी बनाउँदै छ भन्ने त सुनेको हो। फेसवालमा पनि देखेको हो। तर आज जुलाई १२ मा नविनले फोन गरेर सबै कुरा बताए। हजुर, छिरिङ नाम गरेको यो नेपाली मूभी हो। यसको प्रिमियर जुलाई २८ सान फ्रान्सिस्कोमा हुँदैछ। गायक दोय निमा रुम्बा र यश कुमारसंगै रेड कार्पेट सहित यो चलचित्रको प्रिमियर सो हुँदैछ। निर्माता मध्ये एक नविन बुढाथोकीले फोनमा भने।
नबिन बुढाथोकी सान फ्रान्सिस्को बे एरियामा धेरैले सुनेको र चिनेको जवान, पार्टी फन, पिपल टाइपको व्यक्ति हो। जुलाई २८, २०१८ मा यो चलचित्रको प्रिमियर हुने ठाउँ भने आलामेडाको Michaan Theater, 2700 Saratoga St, Alameda, CA 94501 मा हो।
चर्चित गायक निमा रुम्बा, यश कुमार र कामना भुजेल सहित अन्य कलाकारहरुद्वारा अभिनित चलचित्र हो छिरिङ्ग। नविन बुढाथोकीका साथमा अन्य निर्माताहरु सुनिल माथेमा प्रधान, एल बि दर्नाल समेत छन्। मूभीका द्वन्द निर्देशक चन्द्र पन्त हुन् भने नृत्य निर्देशक कविराज गहतराजको रहेको छ।
नेपालको मनाङ्ग, मुस्तांग, जोमसोम, काठमाडौँ लगायतका विभिन्न ठाउमा छायांकन गरिएको भनिएको यो मूभी धेरै फरक खालको रहेको बताउँछन् नविन बुढाथोकी। सहयोग र सद्भावका साथ होम टाउनबाट प्रिमियर गर्न लागेका नविनले सबैलाई सहयोगको लागि अनुरोध समेत गरेका छन्।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...