साङ्केतिक तस्बिर:साभार वेब

छाउगोठमा एक महिलाको मृत्यु

Hollywood Khabar November 30,2019 Comments

१६ मंसिर,अछाम।अछाममा छाउगोठमा एक महिलाको मृत्यु भएको छ।साफेबगर नगरपालिका ३ शिद्देश्वरकी २१ वर्षीय  पार्वती रावतको मृत्यु भएको हो।आइतबार साझ खानाखाएर सुतेकी  रावत सोमबार बिहान मृत फेलापरेकी परिवारले जनाएको छ।

घर नजिकैको छाउगोठमा उनको मृत्यु भएको वडा अध्यक्ष कृष्ण बुढाले बताए । घटनास्थलमा प्रहरी पठाईएको साफेबगर प्रहरी प्रमुख प्रहरी निरीक्षक नरपती भट्टले जानकारी दिए।