७ असोज कैलाली धनगढी।कैलालीमा छात्राहरुलाई आत्म रक्षा सम्बन्धी सीप सिकाउने बिषयमा आईतबार सरोकारवालाहरु बिच छलफल भएको छ।राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालले प्रदेश नम्बर ७ बाट सीप सिकाउने अभियानको सुरुवात गर्न लागेको हो।असोज २० गतेबाट धनगढीमा आत्मरक्षा शिविरको आयोजना गरेर दुई हजार भन्दा बढी किशोरी तथा महिलालाई सीप प्रदान गरिने राष्ट्रिय गोजुरियो कराँते दो सङ्घ नेपालका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले बताए।
धनगढी उपमहानगरपालिका, ओरेक नेपाल, कमैया प्रथा उन्मूलन समाज, युवा शान्ति परिषद् र क्रियाशिल महिला पत्रकारको संयुक्त समन्वयमा एक हप्तासम्म शिविर सञ्चालन गरिने जनाइएको छ।धनगढीको रङ्गशालामा हुने उक्त शिविरले महिलामा आत्मरक्षा सीप विकासको साथै आत्मबल बढाउने राष्ट्रिय गोजुरियो कराँते दो सङ्घ नेपालका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले बताए।