सन्तोष दाहाल/ललितपूर
गोदावरी नगरपालिका ९, छम्पीमा अवस्थित जगतानन्द प्रकाशेस्वर गुठीको जग्गामा बसोबास गर्ने बासिन्दाहरुले आफूले अधिकार नपाएको भन्दै गुनासो गरेका छन्।
शुक्रबार मानवअधिकार संचार प्रतिष्ठान (इह्रिकन) द्वारा आयोजित साझा सभामा उपस्थित स्थानीय तथा सरोकारवालाहरुले राज्यस्तर बाट नै आफूहरुलाई सुकुम्बासी र शरणार्थीको व्यवहार भएको बताए ।
प्रदेशसभा सदस्य चेतनाथ संजेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमामा गुठी संस्थान ललितपूरका प्रमुख शैलेन्द्र पौडेलले उपस्थित सरोकार वालाहरुको प्रश्नको जवाफ दिएका थिए । उपस्थित स्थानीय सन्तोष केसीले गुठीमा रहेका राजगुठी तथा नीजी गुठी केकति छ भन्ने तथ्याङ्क स्थानीय निकायले नाराखेकोप्रती दुख व्यक्त गरे। राजनीतिक दलहरुले चुनावी भाषण र प्रतिबद्धतामा मात्र भूमि अधिकार र गुठियारका अधिकारको कुरालाई उठाउने तर जितेर गएपछि त्यसपछि कुनै वास्ता र चासो नभएको उनको भनाई थियो । त्यस्तै स्थानीय निकाय र गुठी संस्थान दुबैले गुठीबासी संग दोहोरो दस्तुर लिने गरेको पनि उनले गुनासो गरे ।
स्थानीय कृष्णबहादुर घिमिरेले आफू बसोबास गरिरहेको सम्पूर्ण जग्गा गुठीकै नाममा रहेकोले गर्दा कुनै व्यवसाय गर्न समेत नपाएको दुखेसो पोखे। मोहीको हकअधिकारको लागि गुठी संस्थानले कुनै पहल नगरेको भन्दै मालपोतका कर्मचारीले पनि आफूहरुको काम गरिदिनाल्का लागि आलटाल गर्ने गरेको उनको भनाई छ।
भूकम्पले घर भत्किएर पुनर्निर्माणको लागि संस्थानमा जाँदा आफूलाई वास्ता नगरिएको भन्दै स्थानीय हरि बिष्टले आक्रोश पोखेका छन् । वडा नं ९ की वडा सदस्य दुर्गा सुनारले चुनावी मौसममका नेताका आश्वासनहरु अहिले हराएको भन्दै गुठीमा बस्ने मोहीहरू सुकुम्बासी हुन् र भन्ने प्रश्न गरिन । उनले भनिन, वर्षौंदेखि खनजोत गर्दै आएको जग्गाको लालपुर्जा मोहीलाई किन आउदैन ? त्यो दिंदा सरकारलाई के घाटा हुन्छ ? भूमि अधिकार मंच ललितपुरका प्रमुख रामकुमार केसीले मंचले मोही र गुठियारको अधिकारको लागि गुठी संस्थान, जनप्रतिनिधि तथा सबै स्थानीयसंग समन्वय गरेर अघि बढ्ने बताए।
कार्यक्रममा उपस्थित स्थानीय वासिन्दाहरुले तिकाभैरव, नख्खु, तथा तल्लु खोलामा अवस्थित ढुंगाखानीले निम्त्याएको प्रदुषण र मानव स्वास्थ्यमा परेको असरको बारेमा समेत ध्यानाकर्षण गराएका थिए ।
व्यवसायी तथा नगर कार्यपालिका सदस्य गम्भीर रानाले भूमिका नाममा दलाले खेल्ने अवसर पाएको भन्दै क्रसर उद्योग तथा खानी अन्यत्र सार्न नगरपरिषद बाट नै पास भएको तथा संसदमा पनि कुरो उठेको जानकारी गराए । प्रदुषणले पारेको नकारात्मक असरबारे मिडियाले पनि कुरो उठाउन आवस्यक रहेको उनको बनाई थियो।
गुनासोको जवाफ दिँदै गुठी संस्थानका जिल्ला प्रमुख शैलेन्द्र पौडेलले सार्वजनिक हितको लागि दाताले राखिदिएको सम्पत्ति नै गुठी भएको भन्दै संस्थानको अधिकार राजगुठी भएको र नीजी गुठीलाई संस्थानले नहेर्ने बताए। आफ्नो अधिकार क्षेत्रभित्रको काम सम्पन्न गर्नको लागि संस्थानबाट कुनै बाधा नहे भन्दै उनले मोहीले पनि कमाएको जग्गाको क्षेत्रफलअनुसारको कुतबाली संस्थानलाई बुझाउनुपर्ने पौडेलले बताए ।
गुठी संस्थान प्रदेश सरकार अन्तर्गत रहेको भन्दै मोहीको अधिकारको लागि राज्यको निकायबाट यथेष्ट ऐन कानुनको अभाव रहेको उनको तर्क थियो ।
यस्तै प्रदेशसभा सदस्य चेतनाथ संजेलले पनि यथेष्ट ऐन कानुनको अभावमा अहिले सबै क्षेत्रमा काम गर्न समस्या परेको औंल्याए। आफू निर्वाचित हुँदा पनि प्रदेशको कार्यालय, मन्त्रालय केही नभएको र अहिले केही मात्रामा त्यस्तो समस्या सुल्झिएको उनको भनाई थियो। साथै संघीय तहले ऐन नबनाई प्रदेशल्रे बनाउन नपाउने भन्दै संजेलले ललितपूर जिल्लामा भन्दा पनि मकवानपुर, चितवन र सिन्धुली जिल्लामा भूमि धेरै समस्या रह्रेको बताए ।अहिले जनताको अधिकारको पक्षमा काम गर्नको लागि सरकार अघि बढिरहेको भन्दै ऐनकानुन निर्माणपश्चात सबै समस्याको समाधान हुने प्रतिबद्धता उनले जनाए ।
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु