-छम्पीमा दक्षिणकाली मन्दिरको शिलान्यास

गोदावरी नगरपालिका ९, छम्पीमा दक्षिणकाली मन्दिरको शिलान्यास

Hollywood Khabar March 12,2019 Comments

सन्तोष दहाल/ललितपुर

गोदावरी नगरपालिका ९, छम्पीमा रहेको दक्षिणकाली मन्दिर परिसरमा निर्माण हुन लागेको दक्षिणकाली मन्दिर सामुदायिक मन्दिरको शिलान्यास भएको छ । बुधबार ललितपुर निर्वाचन क्षेत्र नं १ ख का प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले भवनको शिलान्यास गरेका हुन् ।

लगभग ८ लाखको लागत अनुमानित रहेको सो भवन नगरपालिका र समुदायको ५०/५० म्याचिङ फन्डको आधारमा निर्माण हुन लागेको हो ।

भवनको शिलान्यास गर्दै प्रदेश सांसद चेतनाथ सन्जेलले सुन्दर र रमणीय स्थानको रूपमा परिचित छम्पिको धार्मिक तथा पर्यटकीय सम्भाव्यतालाई मध्यनजर गरी यहाँको सडकको स्तरोन्नतिको लागि प्रदेश तहबाट बजेट विनियोजन गरिएको उपस्थित स्थानीय वासिन्दालाई जानकारी गराए ।

वर्तमान सन्दर्भमा आन्तरिक पर्यटकहरुको चाप बढिरहेका बेला यस्ता स्थान र सम्पदालाई व्यवस्थित गर्नेतर्फ सबैको धान जानुपर्ने भन्दै उनले यस्ता सम्पदा र स्थलहरुलाई धार्मिक पर्यटनका हिसाबले प्रचार गर्नुपर्नेमा जोड दिए । एकै स्थानमा गणेश मन्दिर र दक्षिणकाली माईको देवस्थल रहेको उक्त स्थानमा सामुदायिक भवन बन्नु अत्यन्त राम्रो र उदाहरणीय काम भएको उनको तर्क थियो। साथै उनले विकास निर्माण र उक्त सम्पदा निर्माणको क्रममा कुनै समस्या आए त्यसलाई फुकाउनका लागि आफू जुनसुकै बेला तयार रहेको प्रतिबद्धता समेत जनाए ।

वडाध्यक्ष आत्माराम थापाले गाउँ टोल र सम्पदाको विकास निर्माणको लागि सबैको साथ्, सहयोग र हौसला आवश्यक रहने बताए । भवन निर्माणपश्चात छम्पी वडा धार्मिक पर्यटकीय तवरबाट माथि उठाउनका लागि महत्त्वपूर्ण कोसेढुंगा साबित हुने उनको भनाई थियो । त्यस्तै नगरपालिकाका कार्यपालिका बोर्ड सदस्य लक्ष्मीबहादुर नगरकोटीले मन्दिर सामुदायिक भवन निर्माण हुनु सामुदायिक विकासको एउटा गतिलो नमुना भएको तर्क गरे ।