https://www.youtube.com/embed/ykueeIXCS6Y

-छाल झैँ कपालले गीतको म्युजिक भिडियो सार्वजनिक

छाल झैँ कपालले गीतको म्युजिक भिडियो सार्वजनिक

Hollywood Khabar November 21,2020 Comments

नेपाली सुगम संगीतका वरिष्ठ गीतकार स्व.रत्नशम्सेर थापाद्वारा रचित छाल झैँ कपालले गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ।

नेपाल टेलिभिजनद्वारा करिब दुइ दशक अगाडी निर्मित सो म्युजिकभिडियो स्व. थापाको अर्ध बार्षिकी पुण्य तिथि पारेर उहाँ प्रति समर्पण गर्दै सार्वजनिक भएको हो। नेपाली सांगीतिक आकासका वरिष्ठ संगीतकार एवं गाएक शम्भुजित बास्कोटाद्वारा संगीतबद्ध गरिएको सो गीत वरिष्ठ गायक वसन्त खडकाको सुमधुर स्वरमा सजिएको छ।

नेपाल टेलिभिजनका पुर्व कार्यक्रम प्रस्तोता तथा वरिष्ठ बाँसुरी बाधक रोशन प्रताप राणाको निर्देशनमा तयार पारिएको सो भिडियोमा गाएक स्वयं खड्काको अभिनय समेत रहेको छ। पचासको दशकमा सिर्जना गरिएको सो गीत अहिले सार्वजनिक रुपमा सम्पूर्ण दर्शक श्रोतासामू पुर्याउन सहयोग गरेकोमा गायक खड्काले नेपाल टेलिभिजन प्रति हार्दिक आभार ब्यक्त गरेका छन्।