-मनोज भुजेललाइ छायाँदेवी चेतनाथ गजल पुरस्कार

मनोज भुजेललाइ छायाँदेवी चेतनाथ गजल पुरस्कार

Hollywood Khabar February 06,2021 Comments

हलिउडखबर, काठमाण्डौ, फेब्रवरी ६, २०२१

२०७६ सालको छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमी (मनोज भुजेल) लाई प्रदान गरिएको छ। समीर गजल संग्रहका गजलकार प्रकृति प्रेमीलाई आज एक कार्यक्रमका बिच साहित्यकार जे.सागरका पिता चेतनाथ पराजुलीले नगद पुरस्कार दश हजार र प्रशंसा प्रत्र प्रदान गर्नुभएको हो ।

साहित्यकार जे.सागरले आफ्ना मातापिताको नाममा ३ वर्षअघि स्थापना गर्नुभएको यो पुरस्कार हरेक वर्ष प्रकाशित गजल संग्रहहरुमध्ये उत्कृष्ट एउटा संग्रहलाई प्रदान गर्ने गरिएको छ। यो पुरस्कार यो वर्ष प्रकृति प्रेमीलाई प्रदान गरिएको हो। गजलकार प्रकृति प्रेमी अहिले चितवनमा रहनुभएकाले उहाँको प्रतिनिधित्व गरी अर्का गजलकार विपिन स्वाँरले काठमाडौंमा पुरस्कार ग्रहण गर्नुभएको हो।

हरेक वर्ष भदौ १० गते प्रदान गरिंदै आएको यो पुरस्कार यो वर्ष कोरोनाका कारण ढिलागरी दिइएको पुरस्कार संयोजक अच्युत घिमिरेले बताउनुभयो। यत्ति भए पुग्छ गजल संग्रहका गजलकार जे.सागरले आफ्ना मातापिता छायाँदेवी पराजुली र चेतनाथ पराजुलीका नाममा स्थापित गर्नुभएको यो पुरस्कार २०७४ सालमा सम्पादक आवाज शर्मा र २०७५ सालमा गजलकार टक गुरुंगलाई प्रदान गरिएको थियो।