-तस्विर वेब

चट्याङ लागेर महिलाको मृत्यु

Hollywood Khabar May 13,2019 Comments

३१ बैशाख मोरङ।मुसलधारे वर्षा र हावाहुरीसँगै मंगलबार बिहान परेको चट्याङले मोरङको रतुवामाई नगरपालिका-४ कठघरामा ५० वर्षीया महिलाको मृत्यु भएको छ।एकै परिवारका दुईजना घाइते भएका छन्।बिहान १ बजेतिर अचानक परेको चट्याङले घरमै सुतिरहेकी सन्झादेवी सिंह गनगाईको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए।

उनको घटनास्थलमै मृत्यु भएको थियो।चट्याङले सन्झादेवीका देवर ५० वर्षीय बुधलालसिंह गनगाई र बुधलालका छोरा १५ वर्षीय सुरेशसिंह गनगाई घाइते भएको जानकारी प्रहरी निरीक्षक साहले दिए।सामान्य अवस्थाका दुवै घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ।