साङ्केतिक तस्बिर;साभार वेब

चट्याङले एक हल गोरु र तीन गाई मरे

Hollywood Khabar September 13,2019 Comments

२९ भदौ,दैलेख।दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ।शनिबार करीब बेलुकाको ५:३० बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो।घर नजिकै बाँधेका एक हलगोरु र तीन गाईको मृत्यु भएको हो।    

घर नजिकै चट्याङ परेकाले इन्द्रजीत विकको घरमा रहेका विककी श्रीमती पवित्रा विक र छोरा दिलीप विक बेहोस भएको जानकारी आएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिनुभएको छ।

जानकारी आउनेबित्तिकै आफूहरुले स्थानीय जनप्रतिनिधिलाई खबर गरेर घटनाको विवरण बुझ्न पठाएको र जिल्ला प्रहरी कार्यालयलाई खबर गरेको अध्यक्ष थापाले बताउनुभयो । घटनाको विस्तृत जानकारीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।.दैलेखमा लगातार तीन दिनदेखि ठूलो वर्षासँगै चट्याङ परिरहेको छ ।