-सांकेतिक तस्विर

चट्याङ लागेर एक जनाको मृत्यु

Hollywood Khabar September 21,2019 Comments

५ असोज, वीरगञ्ज।पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।आइतबार पानी परेको बेला खेतमा गएको अवस्थामा चट्याङ लागेर बहुदरमाई नगरपालिका-२ बैरिया विर्ताका करिब ३५ वर्षीय माधव रामको मृत्यु भएको हो।चट्याङ लागेर घाइते भएका   रामको वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।