-सांकेतिक तस्विर

 चट्याङ लागेर एक बालिकाको मृत्यु ,तीनजना घाइते 

Hollywood Khabar June 11,2019 Comments

२९ जेठ,डडेल्धुरा।डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।बुधबार घरमा बसिरहेका बेला चट्याङ लागेर परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाटको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।संगीता भागेश्वर मावि, शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् ।घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन्। मीना संगीताकी दिदी हुन्।घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।