-NRNA अमेरिका चुनाब:नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदाकार छत्र गुरुङ बोर्ड सदस्यकी उम्मेद्वार

NRNA अमेरिका चुनाब:नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदाकार गुरुङ बोर्ड सदस्यकी उम्मेद्वार

Hollywood Khabar May 13,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१२/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिकाको २०१९ निर्वाचनमा छत्र गुरुङ बोर्ड सदस्यकी उम्मेद्वार भएकी छन्।

भोजपुरमा जन्मेर स्याङजामा बिबाह गरेकी गुरुङले दिल्ली युनिभर्सिटीबाट एलएलएम गरेकी छन्। उसो त उनले नेपाल ल क्याम्पसमा पढाउने समेत काम गरेको कुरा हलिउडखबरलाइ बताइन।

शिव राइको कार्यकालमा एनआरएनए एनसीसी अमेरिकाको सदस्य बनेकी गुरुङ २०१३/१४-२०१५ कार्यकालमा महिला कमीटीमा सदस्य थिइन। २०१७-२०१९ को बिचमा भने एनआरएनए एनसीसी अमेरिकाको बिधान कमिटीमा सदस्य थिइन।

आफू निर्वाचित भएमा एनआरएनए एनसीसी अमेरिकालाई सुदृढ बनाउन प्रतिवद्धता रहेको कुरा गुरुङले बताएकी छन्। तीन दशक सामाजिक संघ, संस्थामा गरेको कामको अनुभवलाई सदुपयोग गर्दै अमेरिकामा रहेका सवै नेपालीमाझ आफू उम्मद्वार भएको बताउँछिन। नेपालको अन्तरिम संविधान २०६३ का मस्यौदाकार समेत हुन् गुरुङ।

महिला अधिकारकर्मी र कानून ब्यवसायी समेत रहेकी गुरुङ विगत ११ बर्षदेखि अमेरिकाको न्यूहृयाम्सायरमा बस्दै आएकी छन्। उसो त उनी नेपाल बार एशोसिएसनको निर्वाचित केन्द्रीय सदस्य समेत थिइन्। न्यूहृयाम्सायर नेपाली कम्युनिटी, आइएनएलएस, एभरेष्ट लायन्स क्लब, तमु समाज लगायत विभिन्न संस्थाहरुमा संबद्ध र काम समेत कुरा उनले बताइन। गुरुङले सबै मतदाताहरुले आफुलाई काम गर्ने अवसर दिनुहुन्छ भन्ने आशा र विश्वाश लिएको कुरा बताइन।