साङ्केतिक तस्बिर

चरेशसहित दुईजनालाई पक्राउ

Hollywood Khabar June 16,2019 Comments

२ असार वीरगन्ज।प्रहरीले वीरगन्जबाट चरेशसहित दुईजनालाई पक्राउ गरेको छ।वीरगन्जको घण्टाघरबाट भारतको रक्सौलतर्फ बिआर २२ एल ८२५५ नम्बरको भारतीय मोटरसाइकलमा चढेर जाँदै गरेको अवस्थामा आलम र खातुनलाई प्रहरीले पाँच केजी चरेशसहित पक्राउ गरेको हो।पक्राउ पर्नेमा पर्साको छिपरमाई गाउँपालिका ५ भिष्वा बस्ने ३२ वर्षीय इम्तियाज आलम र बाराको सितलपुर घरभई हाल वीरगन्ज २ छप्कैयामा डेरा गरी बस्ने ३२ वर्षीया मिना खातुन रहेका छन्।

प्रहरी चौकी इनर्वा र लागुऔषध व्युरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगन्ज महानगरालिका वडा नम्बर १६ रजतजयन्ती चोकमा सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा चरेशसहित दुवैजनालाई पक्राउ गरेको हो।मोटरसाइकल र चरेशसहित पक्राउ परेका आलम र खातुनमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।