-नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था को युएस शाखाको प्रथम बार्षिक सम्मेलनसम्पन्न

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था को युएस शाखाको प्रथम बार्षिक सम्मेलनसम्पन्न

Hollywood Khabar November 13,2019 Comments

विजय थापा, डिसी। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था को युएस शाखा (च्याप्टर )को प्रथम बार्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सम्मेलनमा प्रथम बार्षिक सभाले अमेरिका शाखाको लागि संयोजकमा गणेश चन्द्र बानिया रहने गरि ७ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

भर्जिनियाको भियनामा सम्पन्न भएको प्रथम बार्षिक बैठक तथा बार्षिक सम्मेलनमा राजदुत डा अर्जुन कुमार कार्की (बिधा वारिधि)प्रमुख अतिथि रहेका थिए भने बिशेष अतिथिको रुपमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्ण प्रसाद आचार्य नेपालबाट आएका थिए ।

गत नोभेम्बर ९ शनिबारका दिन सम्पन्न उक्त कार्यक्रममा उक्त सम्मेलनमा प्रवासी नेपाली मंचका अध्यक्ष तथा समाजसेवी प्रभु थापा, ईञ्जाका अध्यक्ष गुणराज लुइँटेल, गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष कृष्ण जीबी पन्त, नेपाली दुताबासका बाणिज्यदूत आर्थिक सल्लाहकार होमकान्त भण्डारी, अर्थविद प्रेम संग्रौला, समाजसेवी कविन्द्र सिटौला, सान कि अध्यक्ष मंजु संग्रौला, एएनएका अध्यक्ष मेदनी अधिकारी, गैरआवासीय नेपाली संघ भर्जिनिया शाखाका अध्यक्ष कृष्ण भण्डारी लगायत संस्थाका पदाधिकारी तथा आमन्त्रित अतिथिहरु रहेका थिए।

आमन्त्रित अतिथिहरुले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले समाजमा खेल्नु पर्ने भूमिका सुझाव, सल्लाह दिदै शुभकामना मनतब्य दिएका थिए ।सम्मेलनको उद्घाटन कार्यक्रममा अमेरिका शाखाका संयोजक गणेश चन्द्र बानियाले स्वागत मन्तब्यको साथै संस्थाले गरेका गतिबिधि, आगामी कार्यक्रम, संस्थाको उद्धेश्य लगायत बिषयमा चर्चा गरेका थिए ।

त्यसै गरि आईक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले आईक्यानको छोटो परिचय दिदै आई क्यानले गरेका काम र गर्ने कार्यहरुको बारेमा चर्चा गरेका थिए । प्रमुख अतिथि डा कार्कीले विदेशमा हामीले प्राप्त गरेका ज्ञान र शीप नेपालमा लगेर सिकाउनु पर्ने सुझाव दिएका थिए । यसै गरि अमेरिका शाखाका उप संयोजक नवराज बरालले धन्यबाद ज्ञापन दिएका थिए भने उद्घाटन सत्रको कार्यक्रम संचालन नमिसा भट्टराईले गरेकी थिइन् ।

उक्त सम्मेलनलाई ३ चरणमा कार्यक्रमलाई बिभाजन गरिएको थियो । उद्घाटन सत्र पछि क्रमस प्राविधिक सत्र र बन्द सत्र रहेको थियो । दोश्रो प्राविधिक सत्रमा निकै उत्साहजनक र अभिरुचिपूर्ण रहेको थियो ।

प्राविधिक सत्रमा वेंडी प्याटरसनले प्रमाणित जन लेखापाल (सिपिए)ले ब्लाकलाईन (एक शक्तिशाली बाणिज्य औजार), ग्लिन हुर्म्यानले (आरपिए) रोबोटिक प्रोसेस अटोमेसन, प्रेम संग्रौलाले बिश्व अर्थतन्त्रमा नेपालको अवस्था, बोनिषा पाण्डे (प्रमाणित जन लेखापाल (सिपिए) ले रेभेन्यु रिकोगनिसन एएससी ६०६ र डायसपोरा डिरेक्ट इन्भेस्टमेन्ट (डिडिआई) नामाक बिषयमा डा देशराज संयोकले कार्यपत्र प्रस्तुति गरेका थिए ।

अन्तिम बन्द सत्रबाट ७ सदस्यीय व्यवस्थापन समिति सदस्यहरु समेत निर्वाचित भएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था को युएस शाखा (च्याप्टर) को व्यवस्थापन समिति सदस्यहरुमा क्रमस संयोजकमा गणेश चन्द्र बानिया ,उप संयोजक नयराज बराल, सचिवमा सुदर्शन चापागाई, कोषाध्यक्षमा ईश्वर पोख्रेल निर्वाचित भएका छन् ।

यसै गरि सदस्यहरुमा बिराजन पन्त, बिनोद लम्साल तथा राजन घिमिरे निर्वाचित भएका छन।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल विशेष ऐन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको नियमनकारी निकाय हो । युएस च्याप्टर (अमेरिकी शाखा) नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको आधिकारिक शाखा (च्याप्टर) हो ।

तत्कालिन आईक्यान नेपालका अध्यक्ष प्रकाश जंग थापा लगायत अन्य आईक्यानका पदाधिकारीहरुको उपस्थितिमा युएस शाखा सन् २०१८ मा स्थापित भएको हो ।