तस्बिर वेब

चन्द्रमामा पनि भूकम्प जाने गरेको खुलासा

Hollywood Khabar May 15,2019 Comments

२ जेठ काठमाण्डौं।भुइँचालो पृथ्वीमा मात्र होईन‚चन्द्रमामा पनि जाने गरेको कुरा अमेरिकाको नेसनल एयर स्पेस म्युजियमले जानकारी दिएको छ।यतिबेला चन्द्र सतहमा चकम्प(चन्द्रमा कम्प)अर्थात भुइँचालो गइरहेको छ।

म्युजियमका अनुसार चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँदै गएको छ। अहिलेसम्म चन्द्रमा ५० मिटरजति खुम्चिसकेकाले नै त्यहाँ चकम्प अर्थात भुइँचालो गइरहेको म्युजियमले जनाएको छ।केही चकम्प ५ रिक्टर स्केल सम्मका पनि छन्।

म्युजियमका वैज्ञानिक टमस वेटर्सका अनुसार चन्द्र सतह खुम्चिँदा त्यहाँ पनि फल्ट (धाँजा) बनिरहेका छन्।एउटा सतह अर्कोमाथि खप्टिइरहेका छन्।यसबाट तीव्र गतिमा चकम्प आइरहेको उनको भनाइ छ।यस्ता फल्ट भर्याङजस्तै छन्।कुनै कुनै त १० मिटरसम्म अग्ला छन्।यी कैयौं किलोमिटर क्षेत्रमा फैलिएका छन्।

वेटर्सले चन्द्रमाका अपोलो अभियान ११, १२, १४, १५ र १६ ले चन्द्र सतहमा सिस्मोमिटर्स राखेको बताए।त्यसबाट पाएको तथ्यांक अध्ययन गर्दा चकम्पबारे पत्ता लागेको हो।नासाले पठाएको लुनार स्पेसक्राफ्ट(एलआरओ) ले फल्टबारे सटिक जानकारी पठाउँछ। श्रोत: नेचर जियोसाइन्स जर्नल