चन्दा उठाउन गएका विप्लवका दुई जना हतियारसहित पक्राउ 

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

68 views
-सांकेतिक तस्विर

९ असार,विराटनगर।चन्दा उठाउन गएका नेत्रविक्रम चन्द ‘विप्लव’नेत्रृत्वको  दुई जना हतियारसहित पक्राउ परेका छन्।मोरङको बेलबारीमा एक व्यवसायीसँग ७ लाख रुपैयाँ चन्दा असुल्न जाँदै गरेको अवस्थाका दुवै जना प्रहरी ‘चेकिङमा’ परेको खुलेको हो।पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–१२ का ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय कन्सा माझी धिमाल रहेका छन्।

पक्राउ परेकाहरुको साथबाट दुईवटा पेस्तोल, १४ राउण्ड गोली र चारवटा म्यागजिन बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।को १७ प ४५९६ नम्बरको मोटरसाइकलमा आएका उनीहरुलाई रोकेर खानतलासी गर्ने क्रममा उनीहरुको साथबाट हतियार बरामद भएको  प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेका मध्ये राई सरकारद्वारा प्रतिबन्धित ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी र धिमाल कार्यकर्ता हुन्। धिमाल साना हतियारबाट गोली हान्न सिपालु कार्यकर्ता भएकाले उनलाई ‘विप्लव’ समूहले ‘सुटर’का रुपमा प्रयोग गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।