Picture from Mr and Miss Tharu 2018

चम्पन साँस्कृतिक समूहले गर्ने भयो मिस्टर एण्ड मिस टुरिज्म

Hollywood Khabar November 23,2018 Comments

चम्पन सांस्कृतिक समूहको आयोजनामा छिट्टै नै मिस्टर एन्ड मिस टुरिजम नेपाल प्रदेश न.५ (Mr. & Miss Tourism Nepal state 5 -2019) संचालन हुने भएको छ।

देशको विभिन्न स्थानमा आफ्नो सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै आइरहेको चम्पन साँस्कृतिक समूहले अब देशको सुन्दर पर्यटकिय क्षेत्र प्रदेश ५ र सो प्रदेशका युवायुवतीहरुमा निहित प्रतिभालाई बिश्वमा चिनाउने उद्देश्यले सौन्दर्य प्रतियोगिता संचालन गर्ने तयारीमा रहेको कुरा संस्थाका अध्यक्ष नन्दु राज चौधरीले जानकारी दिए।

प्रतियोगितामा जेनस इन्टरनेसनल प्रा.लि, आशा आर्ट्स, बर्घर थारु रेस्टुरेन्ट र एफएम रेडियो लिन्क लगायत कम्पनीहरुले सहकार्य गर्ने जानकारी प्राप्त भएको छ।