तस्बिर वेब

चक्रपथ रुटमा एक महिनामा ८२ पाकेटमार पक्राउ

Hollywood Khabar June 15,2019 Comments

१ असार काठमाण्डौं।प्रहरीले उपत्यकाको चक्रपथ रुटमा चल्ने सार्वजनिक बसमा लुटपाट गर्ने गिरोहका ८२ जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंले महिना दिन एता चलाएको स्वीप अपरेशनबाट उनहरुलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा  ४ महिला र ७८ पुरुष छन्।पक्राउ पर्ने अधिकांश पटके छन्।

प्रहरीका अनुसार  लालध्वाज जिम्वा यस अघि नौ पटकसम्म पक्राउ परेका अभियुक्त हुन्।यही क्रममा पक्राउ मध्ये सौगाम मल्लले भने आफू प्रहरी निरीक्षक र प्रहरी हवल्दार भनेर पटेक मार्दै आएका थिए।परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले पक्राउ मध्ये अधिकांश निजी कम्पनीले चलाउने  सार्वजनिक बसमा पाकेट मार्ने गर्थे।

उनले भने,‘चक्रपथ भित्र साझाको पनि बस चल्छ।तर,त्यसमा उनीहरुले कम पाकेट मारेको पाइएको छ।त्यस बाहेकका बसमा भने यीनीहरुले धेरै जनाको प्याकेट मारेको भेटिएको छ।’