NRNA: नेपम कुवेतका अध्यक्ष न्यौपामाथि सांघातिक हमलाको बिरोध

Hollywood Khabar February 18,2018 Comments

मिति: १९ फेब्रुअरी २०१८
प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष समेत रहनुभएका अर्जुन तामाङद्वारा सांघातिक हमला भएको सूचनाले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदलाई स्तब्ध बनाएको छ । संघ जो कसैबाट हुने जस्तो सुकै सांघातिक हमलाको घोर निन्दा र भ्रत्सना गर्दछ र कुनै पनि समस्याको समाधान यस किसिमका सांघातिक हमलाबाट हुन नसक्ने कुरामा विश्वस्त छ ।
यो घटनामा एनआरएनए एनसिसि कुवेतका अध्यक्षको संलग्नता रहेको कुराले हाम्रो ध्यान अझ बढी आकर्षित भएको छ र संघले यथाशिघ्र घटनाको सत्य तथ्य बुझेर दोषिमाथि यथोचित कार्यवाहीका लागि प्रकृया अगाडि बढाउने प्रतिवध्दता व्यक्त गर्न चाहन्छ । गैरआवासीय नेपाली अभियानलाई शुरुका दिनदेखि आजसम्म संचारकर्मी मित्रहरु र संचारमाध्यमहरुले पुर्याएको अतुलनीय योगदान र नेपाल पत्रकार महासंघ लगायतका संचारकर्मीहरुका संघसंस्थाहरुसंगको संघको महत्वपूर्ण सहकार्य त्यत्तिकै स्मरणीय छन् । त्यसकारण पनि संचारकर्मी माथिको शारीरिक हमलालाई सामान्य घटनाका रुपमा मात्र लिन नहुने हाम्रो ठहर छ । संघ यस दुखद सांघातिक हमलामा परी उपचाररत रहनुभएका पत्रकार न्यौपानेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

भूषण घिमिरे
प्रवक्ता 
गैरआवासीय नेपाली संघ
अन्तर्राष्ट्रिय समन्वय परिषद