-अमेरिकाको जनगणना २०२० मा नेप्लिज एशोशिएसन इन साउथइष्टको चासो

अमेरिकाको जनगणना २०२० मा नेप्लिज एशोशिएसन इन साउथइष्टको चासो

Hollywood Khabar January 18,2020 Comments

बिजय थापा/डिसी महानगर क्षेत्र

नेप्लिज एशोशिएसन इन साउथइष्ट, अमेरिका, नासाले आगामी जनगणना २०२० लाई सहयोग पुर्याउन बिभिन्न कार्यक्रमहरु गर्ने भएको छ । जनगणनाको अभियान शुरु हुन् छोटो समय मात्रै बाँकी रहेको अबस्थामा कसरी प्रभावकारी रुपमा कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न आज नासाको जनगणना २०२० समितिको दोश्रो कन्फरेन्स कल बैठक सम्पन्न भयो ।

बैठकलाई सम्बोधन गर्दै नासाका अध्यक्ष बिनय अर्यालले समतिले आज सम्म गरेको तैयारीको प्रसंसा गर्दै जनगणना जस्तो संबेदनशील कार्यमा सहभागी भै अमेरिकामा भएका नेपाली समुदायलाई नेपालीका रुपमा पंजीकृत गर्न सक्दो सहयोग गर्ने कार्यमा लाग्न सल्लाह दिनुका साथै सो अभियान शुरु भए पछी नासाले यसै समिती अन्तर्गत रहने गरि जनगणना २०२० हेल्पडेस्क संचालन गर्न लागेको जानकारी दिनु भयो ।

सोही बैठकमा बोल्दै नासाका महासचिब कृष्ण श्रेष्ठले यो जनगणनाबाट अमेरिकामा नेपाली समुदायको बास्तबिक तथ्यांक निकाल्न सकियो भने आगामी दिनमा अमेरिकी सरकारले नेपाली समुदायलाई दिने सुबिधाहरु बृद्धी हुने सम्भावना रहेको कुरा बताउदै जनगणना २०२० समितिलाइ सस्थाको पूर्ण सहयोग रहने कुरा बताउनु भयो।

जनगणना २०२० समितीका अध्यक्ष सुमन वस्तीले नेपाली अमेरिकनलाई अल्पसंख्यक समुदायको रुपमा मान्यता दिलाउन सकियो भने आगामी दिनमा नेपाली समुदायले ठुलो लाभ लिन सक्ने कुरा बताउनु भयो । वस्तीले नासाले शुरु गरेको यो अभियान सफल बनाउन यस क्षेत्रका सबै नेपाली सामाजिक संस्थाहरु संग सहकार्य गर्दै अघि बढ्ने कुरा बताउनु भयो ।

समितिका अध्यक्ष सुमन वस्तीको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा प्रमुख अतिथि तथा नासाका अध्यक्ष बिनय अर्याल र बिशेष अतिथि तथा संस्थाका महासचिब कृष्ण श्रेष्ठले समितिका सदस्यहरुले उठाएका विभिन्न प्रश्नहरूको जबाफ दिनुभएको थियो ।