साङ्केतिक तस्बिर ;साभार वेब

सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा ढलान भत्कियो:३ जना मजदुरको ज्यान गयो

Hollywood Khabar June 13,2019 Comments

३२ जेठ दाङ।दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्कँदा तीन जना मजदुरको ज्यान गएको छ।लमही नगरपालिका वडा नम्बर ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको ज्यान गएको हो। घटनामा परि तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताउनु भयो।

मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव रहेका छन।घटनामा परि अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन्।जसमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ।घाइतेहरुको फ्लोरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियो।घटना राति २ बजे भएको बुझिएको छ।घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।