नेपाल पत्रकार महासंघ नुवाकोटकी उपाध्यक्ष रुपा अर्याल

सिडियोबाटै महिला पत्रकार अर्यालमाथि दुव्यवहार!

Hollywood Khabar February 14,2019 Comments

४ फागुन नुवाकोट।नेपाल पत्रकार महासंघ नुवाकोटकी उपाध्यक्ष रुपा अर्याललाई नुवाकोटका प्रमुख कार्यकक्षमै भएको दुव्यवहारप्रति प्रेस सेन्टर नेपाल नुवाकोटले आपत्ती जनाउँदै दोशी सिडयोलाई कार्बाहीको माग गरेको छ।गएको मंगलवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले समाचार संकलनका लागि पुगेकी पत्रकार अर्याललाई गरेको हस्तक्षेप र दुव्र्यवहारप्रति हिजो प्रेस सेन्टर नेपाल नुवाकोटले एक विज्ञप्ती प्रकाशित गर्दै विरोध जनाएको हो।

प्रेस सेन्टर नेपाल नुवाकोटकी सह सचिब र मिक्स एफ एमका स्टेशन म्यानेजरसमेत रहेकी अर्याललाई सिडियो थापाले अनुमतिबिना फोटो खिच्न र समाचार संकलन गर्न नपाइने भन्दै हस्तक्षेप गर्नुका साथै मोबाइल तथा क्यामेरा खोसेर फुटाइदिने प्रयास समेत गरेका थिए।यसका साथै थापाले विगतमा आफू पनि पत्रकार रहेको, प्रेस काउन्सिलमा जागिरे भएको भन्दै मुद्धा चलाइदिने धम्की दिएका थिए भने कार्यकक्षमा प्रहरी बोलाएर धरपकड गर्ने शैलिमा पक्राउ गर्न खोज्नुका साथै बाहिर निकालेर अमानविय व्यवहार गरेका थिए।प्रेस सेन्टर नेपाल नुवाकोटका अध्यक्ष रामहरि गजुरेलले एक प्रेस विज्ञप्ती जारी गर्दै आम नागरिकका साथै पत्रकारहरुको सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने, संरक्षण र बढ्दो असुरक्षा चुनौतिकाबीच सञ्चार कर्ममा क्रियाशील सञ्चारकर्मीहरुको सुरक्षा गर्नुपर्ने जिम्मेवारी बोकेर बसेका राज्यका निकाय र तिनका प्रमुख एवं प्रशासक नै पत्रकारहरुमाथी हस्तक्षेपमा उत्रनु गम्भिर चिन्ताको विषय बनेको उल्लेख गरेका छन् ।

‘सार्वजनिक चासो र नागरिक सरोकारका विषयलाई सञ्चार माध्याममा प्रकाशन, प्रशारण र रिपोर्टिङ गर्न पाउने अधिकारलाई राज्यको प्रचलित कानुन र संविधानले त अंकुश लगाउन सक्दैन भने, कार्यान्वयनको जिम्मेवारीमा रहेका कर्मचारीबाटै गरिने यस्ता दुश्प्रयास कानुनी अधिकारकै खिलाफमा रहेको प्रेस सेन्टरको दाबी छ।‘पत्रकार अर्याल र अरु पत्रकारहरुको व्यक्तिगत विषय मात्रै नभएर यो सिंगो स्वतन्त्र पत्रकारिता क्षेत्रमाथीकै हस्तक्षेप हो भन्ने हाम्रो निश्कर्ष छ।आफ्नो जिम्मेवारी एवं पदिय विशिष्ट संवेदनशीलतालाई भुलेर भविष्यमा यस्तो व्यवहार नदोहोर्याउन सिडियो थापालाई सचेत गराउन चाहान्छौँ’, अध्यक्ष गजुरेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।