कार दुर्घटना हुँदा दुईजनाको मृत्यु,दुई घाइते 

0
shares

by Soni Sharma | Updated: 25 Jun 2019

72 views
-सांकेतिक तस्विर

१० असार,सिन्धुली।सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा भएको दुर्घटनामा काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र  ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

दुर्घटनामा कार चालक ५८ वर्षीय दीपक लामिछाने र  २६ वर्षीया आस्था लामिछाने घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउंदै गरेको बा१३च ३७९३ नम्बरको कार अनियन्त्रित भई सडकबाट २०० मिटर तल सुनकोशी नदी किनार नजिक खसेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।