क्याम्पसमा गुणस्तरीय शिक्षाका लागि भन्दै धार्मिक महोत्सव

Hollywood Khabar January 28,2017 Comments

उच्च शिक्षामा सामुदायिक प्रयास, समृद्ध क्याम्पस हाम्रो विकास’भन्ने नाराका साथ लमजुङको भोर्लेटारस्थित ईशानेश्वर क्याम्पसमा आइतबारबाट धार्मिक तथा शैक्षिक महोत्सव २०७३ सुरु भएको छ ।१ हजार ५ सय कलश शोभायात्रा एंव झाँकीसहित शुरु भएको धार्मिक तथा शैक्षिक महोत्सवमा भागवत भाष्कर पण्डित कमलनयन गौतमले प्रवचन दिनुभएको छ ।
३ करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्यसहित आयोजना गरीएको महोत्सवबाट संकलित रकमबाट क्याम्पसको बृहत्तर शैक्षिक विकास, दिगो आर्थिक समृद्धी, गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधार र समय अनुकूल प्राविधिक तथा उच्च शिक्षाका विषयमा विविधिकरणका लागि पूर्वाधार तयार गर्न खर्च गरिने बताइएको छ ।