क्याम्पसमा मदिरा तानातान नेविसंघ र अखिल हानाहन

Hollywood Khabar January 30,2017 Comments

लमजुङको  सुन्दरबजारमा रहेको कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थी विच झडप भएको छ । क्याम्पसमा अध्ययनरत नेविसंघ र अखिल समर्थितका विद्यार्थीहरुले मदिरा सेवनगरी क्याम्पस बाहिर भाडामा बसेका विद्यार्थीहरुको घरमा ढुङ्गामुढा गरेको प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो ।
विद्यार्थीहरुले क्याम्पस बाहिर भाडामा बसेका आ–आफ्ना पक्षक साथीहरुलाई क्याम्पसभित्र बोलाएर झडप भएपछि क्याम्पसको होस्टेलमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।सोमबार परीक्षा सकिएपछि मदिरा सेवन गरी शक्तिप्रदर्शन गरेको कारण घटना घटेको क्याम्पस प्रमुख लालप्रसाद अंगाइले बताउनुभयो।