-क्यालिफोर्निया कोभिड १९ स्टेज ३ मा प्रवेस, स्टेज ३ को अर्थतन्त्र खोल्ने मापदण्ड सहित

क्यालिफोर्निया कोभिड १९ स्टेज ३ मा प्रवेस, स्टेज ३ को अर्थतन्त्र खोल्ने मापदण्ड सहित

Hollywood Khabar June 03,2020 Comments

कृष्ण के सी/अमेरिका/६/४/२०

स्टेट अफ क्यालिफोर्नियाका ५८ मध्य ५१ वटा काउण्टीले स्टेज ३ को प्रवेस अनुसार अर्थतन्त्र खोल्ने भएका छन्। सलुन, शपिङ मल, रेष्टुरेण्ट इत्यादि खोल्न पाउने भएका छन। तर ७ वटा काउण्टीले भने स्टेज ३ को अर्थतन्त्र, सेवा-ब्यबसाय खोल्न नपाउने भएका छन। गभर्नर ग्वाविन न्यूसमको प्रशाशनले हेल्थ डिपार्टमेन्टसँग बनाएको मापदण्डसंगै राज्य गतहप्ता देखि स्टेज ३ मा प्रवेस गरेको छ।

कोभिड १९ का कारण बन्द गरिएका मध्य बनाइएको मापदण्ड अनुसार राज्य अहिले ३ फेजमा पुगेको छ। ५८ मध्य ५१ काउण्टीले राम्रो ब्यबस्थापन गरेर थुप्रै फेसिलिटी संचालनमा ल्याएर अर्थतन्त्र खुलाएका छन्। तर ७ काउण्टीहरुको हालको स्टेज २.५ पुगेको कारण उनीहरुले स्टेज ३ को फेसिलिटीहरु सुरु गर्न पाउने छैनन्। ७ काउण्टीहरु Alameda, Contra Costa, Imperial, Marin, San Francisco, San Mateo र Santa Clara रहेका छन्।

स्टेज ३ मा प्रवेश गर्न पाउने स्टेट अफ क्यालिफोर्नियाको मापदण्ड

स्टेट अफ क्यालिफोर्नियाले गरेको नयाँ व्याख्या अनुसार काउण्टी र सिटीहरुले अर्थतन्त्र, फेसिलिटीहरु खोल्न निम्न अनुसारको मापदण्ड पुरा गरेको हुनुपर्छ।

१. पछिल्लो १४ दिन सम्म कोभिड १९ का हस्पिटलाइज्ड केश सून्य या २० भन्दा कम या त्यो भन्दा घट्दो क्रममा हुनुपर्छ

२. पछिल्लो १४ दिनमा १ लाख जनसंख्या बराबर २५ जना भन्दा कममा मात्र कोभिड १९ पोजिटिभ पाइएको हुनुपर्छ

३. कोभिड १९ परिक्षणमा टेष्ट पोजिटिभ रेट ८% भन्दा कम पाइएमा

४. अर्थतन्त्र र फेसिलिटीहरुमा सबै कामदारहरुलाइ पीपीइ उपलब्ध भएमा

५. कम्तिमा पनि प्रति १ लाख जनसंख्यामा १.५ कोभिड १९ टेष्ट प्रतिदिन गर्ने क्षमता भएमा

६. प्रति १ लाख जनसंख्यामा कम्तिमा पनि १५ जना या बढी ट्रेस गर्ने क्षमता भएमा

७. कम्तिमा पनि काउण्टीका होमलेस मध्य १५% लाइ बस्ने ठाउँको ब्यबस्थापन गर्ने क्षमता भएमा

८. काउण्टी र सिटीका अस्पतालहरुले ३५% सम्म कोभिड १९ बिरामीको फ्लो धान्न सक्ने क्षमता भएमा। यसका साथै ती अस्पतालमा कम्तिमा २ हप्ताको लागि आवश्यक पीपीइ सप्लाई भएमा

९. कोभिड १९ को सुरुको महामारी अवस्था नदोहोरिन नियमित रुपमा मनिटर गरेको र पुन महामारी फर्किएर फैलिएमा ब्यबस्थापन गर्ने ब्यबस्थापनको तयारी गरेको हुनुपर्ने

१०. रेष्टुरेण्ट, शपिङ मल, स्कूल इत्यादिले एकदम कोभिड १९ नफैलिनको लागि निर्देशित गाइड लाइन पालन गरेको या पुरा गर्ने अवस्थाको हुनुपर्ने

११. तर पनि पुरै स्टेटमा उच्चतम जोखिम भएका ब्यबसाय, फेसिलिटीहरुलाइ तत्काल खोल्न नदिने। जस्तो जीम, मनोरन्जनका हल, क्लब इत्यादि।