California Sherpa Association - CSA, Team

क्यालिफोर्निया शेर्पा एसोसियशनको पदस्थापन तथा हस्तान्तरण कार्यक्रम

Hollywood Khabar September 05,2018 Comments

कृष्ण के सी/अमेरिका
क्यालिफोर्निया शेर्पा एसोसियशन (CSA) को नयाँ नेतृत्व घोषणा, पदस्थापन, बिधाई तथा हस्तान्तरण कार्यक्रम अक्टुवर ६, २०१८ मा हुने भएको छ।

२०१० मा स्थापना भएको शेर्पा एसोसियशनले सो दिन २०१८-२०१० कार्यकालको लागि निर्वाचित नयाँ नेतृत्वको पदस्थापनसंगै निवर्तमानहरुलाई बिधाई र नेतृत्व हस्तान्तरण समेत हुने कुरा हलिउड खबरलाइ जानकारी दिएको छ।

कार्यक्रम 848 Willow Ave, Hercules, CA 94547 मा दिनको ४ बजे देखि राति १० बजे सम्म हुनेछ। आयोजकहरुले उपस्थित सबैलाई डिनरको ब्यबस्था गरेको छ। एसोसियशनले कार्यक्रममा सबै शेर्पा परिवार र शेर्पा समुदायलाई हार्दिक निमन्त्रणा समेत गरेको छ।