-क्यालिफोर्नियामा कोभिड १९ संक्रमण झन् बढ्यो, थुप्रै फेसिलिटी फेरि बन्द

क्यालिफोर्नियामा कोभिड १९ संक्रमण झन् बढ्यो, थुप्रै फेसिलिटी फेरि बन्द

Hollywood Khabar July 13,2020 Comments

हलिउडखबर/७/१४/२०

स्टेट अफ क्यालिफोर्नियामा कोभिड १९ को केश फेरि बढेकाले थुप्रै फेसिलिटी बन्द गर्ने निर्देशन जारी गरिएको छ। गभरनर ग्वाविन न्यूसमले जुलाई १३ मा कोभिड १९ को ब्रिफिङ्ग गर्ने क्रममा सो निर्देशन जारि गरेका हुन्। गभरनर न्यूसमले भ्याक्सिनको सुरुवात नभएसम्म कोरोनाको संक्रमण निराकरण नहुने, तत्काल केहि केश बढेर गएकाले थुप्रै फेसिलिटी बन्द गर्नुपरेको बताएका छन्।

यसै क्रममा सान फ्रान्सिस्को बे एरियामा गत २४ घण्टामा १००० भन्दा धेरै केश बढेका छन्। १२ जनाको मृत्यू र थुप्रै हस्पिटलाइज भएको कुरा abcnews ले जनाएको छ। त्यसैगरी क्यालिफोर्नियामा ३२९,००० केश पुगेका छन्। यो एक हप्ताको अबधिमा ५० प्रतिशत केश बढेको कुरा समेत जनाइएको छ।