पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस

क्यालिफोर्नियामा पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाइदै

Hollywood Khabar January 01,2019 Comments

कृष्ण के सी/अमेरिका

अमेरिकाको क्यालिफोर्निया राज्यको नर्दन क्यलिफोर्नियामा नेपालका राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २९६ औँ जन्म जयन्ति मनाइने भएको छ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एक्ता दिवस मनाउन प्रिन्स युवराज कार्कीको संयोजकत्वमा तयारी समिती समेत गठन भएको छ। वीर पुर्खाहरुको सम्मान गरौँ भन्ने नाराका साथ सम्पन्न हुन लागेको सो कार्यक्रममा अन्य संघ-संस्था र व्यक्तिहरुको समेत सहभागिता र उपस्थिति रहने कुरा संयोजक कार्कीले जानकारी दिए।

नेपालमा राष्ट्रियतामा आँच आईरहेको, क्रिष्टियनहरुले सरकार र संसदमा नै किनबेच गरेको बक्तब्य दिइरहेका बेला पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अत्यन्तै सान्दर्भिक भएको कुरा अन्य व्यक्तिहरुले टिप्पणी गरे ।

मिती: शनीवार जनवरी १२, २०१९

समय: अपरान्ह ५ बजे

स्थान : 1269 MacArthur Blvd, San Leandro, CA 94577