-Golden Gate Bridge 1764, San Francisco, CA

अमेरिकाको सबैभन्दा चर्चित मनमोहक क्यालिफोर्निया राज्यको एक चर्चा

Hollywood Khabar December 04,2017 Comments

कृष्ण के सी, क्यालिफोर्निया, अमेरिका, डिसेम्बर २०१७

जसरी अमेरिकीहरु अमेरिकी नागरिक हुनुमा गौरव मान्छन त्यसैगरी क्यालिफिर्नियनहरु हुनुमा पनि गौरव गर्छन क्यालिफोर्नियनहरु। विश्वोमा वेदर किङ् मानिने उत्कृष्ट हावापानी, सबैखाले प्रकृतिकको सुन्दरता पाइने ठाउँ, ठूलो कृषी उपज हुने जमिन जस्ता सयौं कारण छन् यसका पछाडी। सायद हजार जिब्रा भएका शेष नागले पनि वर्णन गर्न नसकिने होला क्यालिफोर्निया।

१६३,६९६ वर्गमाइल क्षेत्रमा रहेको यो राज्य नेपाल भन्दा १०६,८६९ बर्गमाइलले ठूलो छ। इतिहास अनुसार KAL-i-FORN-yə हुँदै बनेको यो राज्य अमेरिकाको पश्चिमी किनारा हो। ३९.३ मिलियन जनसंख्या रहेको क्यालिफोर्निया राज्य अमेरिकाकै सबै भन्दा धेरै जनसंख्या भएको राज्यमा पर्दछ। भूगोलका आधारमा भने अमेरिकाको तेश्रो ठूलो राज्य हो। Sacramento राजधानी रहेको यो राज्यका The Greater Los Angeles र The San Francisco Bay Area गरेर दुइ ठुला शहरले विश्व चर्चित छ। अमेरिकाको New York पछिको दोश्रो ठुलो शहर Los Angeles हो भने San Francisco पाँचौ ठुलो शहर हो।

संसारका धेरै वैज्ञानिक उत्पादन गर्ने University of California (UC Berkeley) यो राज्यको गौरव हो। क्यालिफोर्नियालाइ The Golden State पनि भनिन्छ। १८४८ मा सुनखानी भएको पाइएका कारण यो राज्यलाइ The Golden State भनिएको रेकर्डले बताउँछ। १९६८ मा क्यालिफोर्नियाले आफ्नो आधिकारिक निकनेम नै The Golden State राख्यो। सुनको खानी र प्रसोधनको कारणले गर्दा यसलाई The Eldorado State पनि भनिन्छ। सुनखानी क्षेत्रको त्यो Yellow Poppy फुललाइ राज्यको फुलको रुपमा मान्यता दिएको छ।

त्यो भन्दा पनि गजवको कुरा त यदि यो आफैंमा छुट्टै देश हुन्थ्यो भने संसारको पाँचौ ठूलो आर्थतन्त्रको देश हुनेथियो। The San Francisco Bay Area राष्ट्रकै सबै भन्दा उच्च GDP Per Capita भएको शहर हो। संसारका चर्चित १० वटा ठूला कम्पनीहरुको घर पनि हो San Francisco शहर। यति मात्र होइन संसारका धनी मध्य ४ जना त San Francisco शहरका छन्।

क्यालिफोर्निया विश्वको राजनीति, धर्म र संस्कृतिको मिश्रित प्रतिनिधित्व भएको राज्य हो। मनोरंजनको दुनियाँमा तहल्का दिने फिल्म इण्डष्ट्रीको सुरुवात यसै राज्यबाट भएको हो। हलिउडको सिनेसंसारले सिंगारेको छ क्यालिफोर्नियाँलाइ।

इतिहासमा योरोप र स्पेनिश कोलोनी अनि १८२१ को मेक्सिको र स्पेनवार वार र १८४८ मा Mexican–American War पछि भने क्यालिफोर्निया United States को ३१ औं राज्यको रुपमा सेपेप्टेम्वर ९, १८५० आएको हो।

६/७ फिट हिउँ जम्ने लेक टाहो देखि कदापि हिउँ नपर्ने ठाउँ सम्म छन् यहाँ। सेयरा हिल देखि समुन्द्र जोडिएको ठाउँ सम्मछ। प्रशान्त महासागर जोडिएको अमेरिकाको पश्चिमी किनारा हो क्यालिफोर्निया। संसारको वर्तमान दुनियाँको आइटीको चावी रहेको सिलिकन भ्याली भएको राज्य हो क्यालिफोर्निया।

माइक्रोसफ्ट, एप्पल, गुगल, फेसबुक, याहू (पूर्व) जस्ता संसार चर्चित १० ठुला कम्पनीको राज्यो हो क्यालिफोर्निया। विश्व प्रख्यात क्यलिफोर्नियाँ वाइन र वाइनरी छ यो राज्यमा। अनि त्यसैको कारण The Grape State भन्ने निकनेम पनि छ क्यालिफोर्निया गोल्डेन स्टेटको।

संसारका धेरै देश देखि हेर्न आउने Yosemite National Park ले उत्तरी क्यालिफोर्निया सजाएको छ। त्यसैगरी अमेरिकाको नै अत्यन्तै Scenic भनेर चिनिने Disneyland ले दक्षिण क्यालिफोर्नियाको Anaheim शहरलाइ दुलही जस्तै सुन्दर बनाएको छ। घुम्न र रम्नको लागि प्रख्यात अत्यन्तै तातो मौसमको Death Valley National Park छ। त्यसैगरी Garrapata State Park मा सुन्दर समुन्द्री तटहरु छन्। Carmel को Yankee Point बाट ४ माइल टाढा रहेको Pfeiffer Big Sur State Park हाइकिङ्को लागि अत्यन्तै चर्चित छ। यो क्षेत्र Highway No. 1, Salmon Cove नामले पनि चिनिन्छ। यो हाइवेलाइ Santa Lucia Mountains र Ventana Forests ले सुन्दर दृश्य बनाएका छन्।

बर्षै भरि मनोरम रहने हिउँका भाग ऊत्तरी र दक्षीणी Lake Tahoe को त कुरै अर्कै छ। समरमा डुङ्गा र विन्टरमा स्की खेलको जात्रा नै लाग्छ Lake Tahoe क्षेत्रमा। Sequoia र Kings Canyon National Park ले अर्को गहना थपेको छ राज्यलाई।

संसार चर्चित San Francisco Golden Gate Bridge को त कुरै छाडौ। यसैको नामले चिनिन्छ क्यालिफोर्निया राज्य पनि। नजिकैको ट्विन पिकबाट हेर्दा देखिन मनोरम दृश्यको बयान गरिसाध्य छैन।

US Navy को Blue Angels को सान फ्रान्सिस्को बे क्षेत्रमा हुने कलात्मक उडान हेर्न लाखौंको भिड लाग्छ। स्थानिय मात्र होइन पुरा देश भरि र संसारका अन्यत्रबाट पनि आउँछन मान्छेहरु।

Theme पार्क हेर्ने पश्चित्मी अमेरिकीको संख्या अर्कै छ। Orca र Dolphin का सो हेर्ने कुरा त झनै दुर्लव हो। मेरिन लाइफ र राइड अर्का आकर्षण हुन्। San Diego मा रहेको SeaWorld को त विश्व चर्चा नै छ।

Crescent City देखि ४० माइल सम्म दक्षिण क्षेत्रमा पर्ने Redwood National Park को विशाल १,०७०,००० एकड क्षेत्र Pacific Coast ले सजाएको छ। अनि पार्कका सुन्दर Redwood Trees को बयान गरिसाध्य छैन। Los Angeles को नजिक रहेको Santa Catalina टापु डुंगा चड्नेहरुको प्रख्यात ठाउँ हो। Camping, swimming, deep-sea fishing, kayaking गर्ने ठाउँ हो यो। पाँचवटा टापुहरुको Channel Islands National Park बन्यजन्तुको दृश्य अवलोकन गर्ने अर्को आकर्षण हो। त्यस्तैगरी Great America र 6 Flag ले विकेण्ड घुम्नेको लागि मज्जा दिन्छन।

सान्ता रोजाको Russian River Brewing Company को कथा त धेरैले सुनेकै छैन होला। योरोप देखि Beer पिउन आउछन यहाँ। बर्षको एक दिन यस्तो हुन्छ राति देखि लाइन बस्नु पर्छ Beer पिउन। अरु दिनमा पनि टेबल अर्डर गरेको १/२ घण्टामा बल्ल ठाउँ पाइन्छ त्यो ठाउमा।

विश्वबिख्यात हलिउड नायक Arnold Schwarzenegger दुइ-दुइ पटक सम्म क्यालिफोर्नियाको गभर्नर समेत हुनुभयो। पहिलो पटक २००३ मा गभर्नर निर्वाचित Schwarzenegger २००६ मा रिकल इलेक्शनमा पनि बिजयी हुनुभयो र २०११ सम्म गभर्नर भएर सेवा गर्नुभयो।

Yorba Linda, California मा January 9, 1913 मा जन्मेका Richard Milhous Nixon ले १९४६ बाट राजनीतिमा प्रवेश गरेपछि 1953-1961 आठ वर्ष सम्म अमेरिकाको Vice President को रुपमा सेवा गर्नुभयो। Richard Nixon १९६८ देखि १९७२ सम्म अमेरिकाको राष्ट्रपतिको रुपमा काम गर्नुभयो।

अन्तमा,

क्यालिफोर्निया राज्य यति मात्र होइन। यो त सामान्य रुपमा पढेर जम्मा गरिएका कुरा हुन्। यस्ता सयौं कुरा होलान जुन मलाइ पटक्कै थाहा छैन। अध्यन गर्दै जाँदा भविष्यमा पुन लेख्न पनि सकिनेछ। यो लेखन गुगल, इतिहास र विभिन्न रेकर्डबाट उतारिएको हो। यसका कुनै डाटा र बिषय गल्ति या फरक परेमा तुरुन्त सच्चाइने छ। अस्तु !