-क्यालिफोर्नियाकी महिलाले ट्रायल औषधिपछि कोभिड १९ बाट स्वास्थ्य लाभ गरिन

क्यालिफोर्नियाकी महिलाले ट्रायल औषधिपछि कोभिड १९ बाट स्वास्थ्य लाभ गरिन

Hollywood Khabar March 23,2020 Comments

क्यालिफोर्नियाको सान फ्रान्सिको बे एरियामा रहेको स्टानफोर्ड अस्पतालमा क्लिकल ट्रायलमा रहेको कोरोनाको औषधिबाट संक्रमित एक महिलाले स्वास्थ लाभ लिएकी छन्।

मार्च २४, साँझ स्थानिय abc7 टेलिभिजनले सो संबन्धि भिडियो अन्तर्वार्ता सहित समाचार प्रसार गरेको छ। पालोअल्टो शहरमा बस्ने ति दंपति तीन हप्ता पहिला बिरामी भएका थिए। उनीहरुलाई इजिप्टको भ्रमणमा रहंदा सो भाइरसले संक्रमित गरेको हो। बेसरी जरो आएपछि उनीहरु घर फर्केका थिए।

फर्केपछि उनीहरु पालोअल्टो अस्पतालमा गए। टेष्ट गर्दा दुवै जनालाई कोरोना पोजिटिभ रिजल्ट आयो। एकजनालाइ केहि समय अस्पताल बसेपछि निको हुँदै गयो तर एकजनालाई कठिन हुँदैगर्यो। श्रीमतीलाइ निमोनिया भयो त्यो स्थितिलाइ एकदमै खतरा मानिछ भन्छन स्वास्थ्य बिज्ञहरु। उनले क्लिनिकल ट्रायलमा रहेको औषधि लिने निर्णय गरिन। पाँच दिनको उपचार पछि स्वास्थ्यमा सुधार आएपछि उनले खुशी हुँदै सो कुरा बताएकी छन्। अझै उनको उपचार पद्धती २ दिन बाँकी छ। उनलाइ डाक्टरले एनटायबायोटिक समेत दिएका छन्, उनले कुरागर्दै भनेकी छन्।