-क्यालिफोर्निया शेर्पा एशोसिएशन

क्यालिफोर्निया शेर्पा एशोसिएशनको ल्होछार पार्टी मार्च ३० मा हुँदै

Hollywood Khabar March 06,2019 Comments

कृष्ण के सी/अमेरिका

बिगत २००५ देखि क्यालिफोर्निया शेर्पा एशोसिएशनले ल्होछार कार्यक्रम तथा पार्टीको आयोजना गर्दै आएको छ।

यो बर्ष मार्च ३०, २०१९ मा ल्होछार कार्यक्रम तथा पार्टीको आयोजना गरिएको छ। आयोजक क्यालिफोर्निया शेर्पा एशोसिएशनले कार्यक्रममा नलिना चित्रकार र अन्य कलाकारहरुको प्रस्तुति र डिजे समेतले भरपूर मनोरन्जनात्मक हुने बताइएको छ।

आयोजक शेर्पा एशोसिएशन संस्थाका अध्यक्ष लाक्पा डेण्डी शेर्पाले हलिउडखबरसंग कुरा गर्दै सम्पूर्ण नेपालीहरुलाई यो ल्होछारमा उपस्थित भएर शेर्पामय कार्यक्रम बनाइदिन अनुरोध गरेका छन।

कार्यक्रममा ५००, ३०० र २०० डलर सम्मको राफल समेत राखिएको छ। कार्यक्रम मार्च ३०, २०१९ मा ५ बजे देखि राती १२:०० सम्म 850 Judah Street, San Francisco, CA 94122 मा हुनेछ।

गेट शुल्क सहयोग स्वरुप $३५ प्रतिव्यक्ति डिनर, पानी र चिया सहित र १० बर्ष मुनिका बच्चाहरुको लागि निशुल्क हुनेछ। अल्कोहलका पारखीहरुलाइ खरिद गरेर अल्कोहल लिन सकिने ब्यबस्था गरिएको छ।