क्यालिफोर्नियामा स्वरसम्राट नारायण गोपाल स्‍मृति सभा हुने

Hollywood Khabar December 05,2017 Comments

ध्रुब कुँवर/क्यालिफोर्निया
लायन्स क्लब अफ बर्कली लालिगुरास र नेपाल प्रोडक्सन हाउसको सयुक्त आयोजनामा आउदो डिसेम्बर ९ तारिख साँझको ६ बजे देखी १० बजे सम्म क्यालिफोर्नियाको बर्कलीमा अबस्थित ब्रिज चर्च (ठेगाना : २४१९ मार्टिन लुथर किङ जुनियर वे, बर्कली, क्यालिफोर्निया ९४७०४) मा यस बर्षको स्वरसम्राट नारायण गोपाल स्‍मृति सभा मनाउने भएको छ। उक्त स्‍मृति सभा आयोजक संस्थाहरु लाइन्स क्लब अफ बर्कली लालिगुरास र नेपाल प्रोडक्सन हाउसको संयुक्त आयोजनाको दोश्रो प्रस्तुती हो।
अमेरिकामा पहिलो पटक हुनगइरहेको नारायण गोपाल स्‍मृति सभामा उल्लेख्य दर्शकहरुको उपस्थिति हुने अनुमान गरिएको छ। तसर्थ, यस ऐतिहासिक साङगितिक कार्यक्रममा समयमानै उपस्थित भै कार्येक्रम नेपाली गित संगीतका स्वर सम्राट प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न आयोजक सस्था तपाईंलाई सादर निमन्त्रणा तथा हार्दिक स्वागत छ।
बरिस्ठ संगितकार मदन दिपबिम, चिरपरिचित तबलाबादक रत्तु लामा, तथा अन्य अनुभवी संगीतकर्मीहरुद्धारा अभ्यास (रिहर्ल्सल) गराइएका स्थानिय ट्यालेन्ट कलाकारहरुले प्रस्तुत गर्ने स्वर्गिय नारायण गोपालका सुमधुर गीतहरुमा झुल्न, रमाउन, आनन्द लिन हुन हामी आनुरोध गर्दछौ।
कार्यक्रमबारे लायन्स क्लब अफ बर्कली लालिगुरास का चार्टर प्रेसिडेन्ट निर्मल फुंयालले भन्नु भयो यो एउटा परम्परा को सुरुवात हामीले प्रबासमा गरिरहेका छौ ता कि अब आउने पुस्ताहरुले अग्रजहरुको सम्मान गरुन र त्यो परम्परा कायम रहोस।