-क्यालिफोर्नियाले ट्रम्प प्रशाशन बिरुद्ध अन्तराष्ट्रिय बिधार्थीको बिषयलाई लिएर ल सुट फाइल गर्ने

क्यालिफोर्नियाले ट्रम्प प्रशाशन बिरुद्ध अन्तराष्ट्रिय बिधार्थीको बिषयलाई लिएर ल सुट फाइल गर्ने

Hollywood Khabar July 09,2020 Comments

हलिउडखबर/७/१०/२०

स्टेट अफ क्यालिफोर्नियाले ट्रम्प प्रशाशन बिरुद्ध अन्तराष्ट्रिय बिधार्थीको इन्पर्शन क्लास नभए डिपोर्टेशन गर्ने नीति बिरुद्ध ल सुट फाइल गर्ने भएको छ।

जुलाई ९, २०२० बिहिबार सो स्टेट गभर्नर ग्वाविन न्यूसम समेत उपस्थित रहेका बेला स्टेट अटर्नी जनरल हवियार बसेरा (Attorney General Xavier Becerra) ले सो जानकारी दिएका हुन्। अन्तराष्ट्रिय बिधार्थीहरुको लागि ट्रम्प प्रशाशनले ल्याएको इन्पर्शन क्लास नगरे डिपोर्टेशन गर्ने नीति जारि गरेको छ।

कोरोनाका कारण बन्द गरिएका स्कूल र विश्वबिधालय नै नखुलेका बेला त्यो नीतिले ठूलो संख्यामा अन्तराष्ट्रिय बिधार्थी रहने क्यालिफोर्नियालाइ धेरै असर परेको छ। संसारमा सबैभन्दा धेरै बैज्ञानिकहरु बनेका चर्चित विश्वबिधालय युनिभर्सिटी अफ क्यालिफोर्निया- बर्क्ली, डेभिस, एलए लगायत थुप्रै छन्।

अमेरिकाका ५० मध्य पहिलो राज्य क्यालिफोर्नियाले सो नीतिका विरुद्ध ल सुट फाइल गर्न लागेको हो। nbcnews ले दिएको जानकारी अनुसार यसै हाप्त संभवत् बिहिबार नै नर्दन क्यालिफोर्निया फेडरल डिस्ट्रिक्ट कोर्टमा सो फाइल गर्ने जनाएका थिए। उनले भने, ट्रम्प प्रशाशनले यसैहप्ता Immigration and Customs Enforcement (ICE) मार्फत ल्याएको F-1 र M-1 visas का बिधार्थीहरुलाई कि त इन्पर्शन क्लासमा जानु अन्यथा जबरजस्ती डिपोर्टेशन प्रक्रिया गर्ने अथवा अन्य इन्पर्शन क्लास हुने शैक्षिक संस्थामा ट्रान्सफर गर्ने भनेको छ।

हाल ल्याएको यो नीति लागु भएमा ४१ बिलियन डलर भन्दा धेरैको घाट हुनेछ भन्ने कुरा NAFSA ले जनाएको छ। २०१९ को फल सिजनमा University of California System मा रहेका २,२६,१२५ मध्ये २७,२०५ जना बिधार्थी अण्डरग्राजुएटमा भर्ना भएका छन्। उनीहरुलाई नन रेसिडेण्ट बिधार्थीको रुपमा रहेको बताइएको छ। त्यसैगरी १३,९९५ जना ग्राजुएट तहमा भर्ना भएका अन्तराष्ट्रिय बिधार्थी मध्ये ननरेसिडेण्ट अन्तराष्ट्रिय बिधार्थीहरु छन् भन्ने रिपोर्ट nbcnews ले दिएको छ।