तस्बिर वेब

व्यापक प्रदर्शनपछि हङकङकी प्रमुखले माफी मागिन्

Hollywood Khabar June 16,2019 Comments

२ असार काठमाण्डौं।विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङको सडकमा लगातार दोस्रो दिन आइतबार पनि मानिसहरुले व्यापक विरोध पश्चात हङकङकी प्रमुख कार्यकारीले माफी मागेकी छन्।मानिसहरुको व्यापक प्रदर्शनलाई मध्यनजर गर्दै पदबाट हट्न भने नमाने पनि माफी भने मागेकी हुन्। 

हजारौंको संख्यामा मानिसहरु सुपुर्दगी कानुनको विरोधमा सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरुले‘नराम्रो कानुन फिर्ता गर’भन्दै हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा माग गरिरहेका थिए। 

‘प्रमुख कार्यकारी अधिकारीले आफ्नो सरकारका कारण हङकङमा संघर्ष र विवाद उत्पन्न भएको र नागरिकहरु निराश र दुःखी भएको स्वीकार गर्नुभएको छ,’ मुख्य कार्यकारी क्यारीको कार्यालयले जारी गरेको बयानमा भनिएको छ।

प्रमुख कार्यकारी क्यारीले नागरिकहरुसँग माफी मागेको र आलोचनालाई पूर्ण इमान्दारी र विनम्रताका साथ स्वीकार गरेको बताइएको छ।विवादास्पद सुपुर्दगी कानुनको अनिश्चितकाल स्थगित गर्ने क्यारीको घोषणाको एक दिनपछि यो बयान आएको हो।हङकङका प्रभावशाली प्रमुख छात्र कार्यकर्ता नोशुआ वोंगले पनि प्रमुख कार्यकारी क्यारी लामको राजीनामाको माग गरेका छन्।