बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको जलेर मृत्यु

0
shares

by Soni Sharma | Updated: 22 Jun 2019

83 views
-सांकेतिक तस्विर

८असार, बुटवल।रुपन्देहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको जलेर मृत्यु भएको छ।महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेपछि जलेर दुई जनाको ज्यान गएको हो।मृतकको कागजपत्र जलेर नष्ट भएकाले सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रमुख इन्स्पेक्टर रवीनराज मैनालीले जानकारी दिए।मृतकको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।