बस र पिकअप भ्यान ठोक्किँदा २ को मृत्यु

0
shares

by editor (editor@gmail.com) | Updated: 18 Jul 2019

74 views
साङ्केतिक तस्बिर ;साभार वेब

२ साउन मोरङ। मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिंदा बस अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको घटनास्थलमै र सहचालकको उपचारको क्रममा मृत्यु भएको हो।

प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका– ३ का ३१ बर्षीय टिकाराम थापा र बसमा सवार नामथर नखुलेका अन्दाजी ३५ बर्षका एक पुरुष यात्रु रहेका छन्।दुर्घटनाका घाईतेहरुको न्यूरो अस्पताल विराटनगर, मोरङ डाइनेष्टिक अस्पताल पथरी र नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।