काठमाडौंबाट बझाङ जाँदै गरेको बस बर्दियामा  दुर्घटना,३० जना बढी यात्रु घाइते

0
shares

by Soni Sharma | Updated: 22 Jun 2019

71 views
-काठमाडौंबाट बझाङजाँदै बस

८ असार,बर्दिया।काठमाडौंबाट बझाङजाँदै गरेको सुदूरपश्चिम यातायातको सैपाल डिलक्स बस बर्दियामा  दुर्घटना हुँदा ३० जना बढी यात्रु घाइते भएका छन्।घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेकोले उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।काठमाडौंबाट शनिबार बिहान ११ः३० बजे बझाङका लागि छुटेको ना६ख १३३९ नम्बरको बस बर्दियाको रम्भापुरमा आइतबार बिहान ४ बजे दुर्घटना भएको हो।घाइतेहरुलाई नेपाल प्रहरी, नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्याएको हो ।