भगवान बुद्धको २५६१ औं जन्मोत्सव शान्ती पदयात्रा:सान फ्रान्सिस्कोमा

Hollywood Khabar May 18,2017 Comments

भगवान बुद्धको २५६१ औं जन्मोत्सव शान्ती पदयात्रामा हार्दिक निमन्त्रण ! बुद्ध नेपाल पिस फाउण्डेशन

आदरणीय सान फ्रान्सिस्को बे-एरिया निवासी समस्त बुबा आमा, दाजु भाई दिदि बहिनी,

बुद्ध नेपाल पिस फाउण्डेशनको आयोजना मा शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६१ औ जन्मदिनको उपलक्ष्यमा; बुद्ध जयन्ति शान्ति पदयात्रा संचालन हुन गैरहेको अबगत गराउन चाहन्छौ। 

उक्त कार्यक्रममा बे-एरियाका सम्पूर्ण संघसंस्थाहरुको सहयोग र समर्थन तथा तपाईहरू सबैको उत्साहले हामीमा थप उर्जा थपेको महसूस हामी आयोजक कमिटिले गरेका छौं।

बुद्ध जयन्ति शान्ति पदयात्रालाई ऐतिहासिक रुपमा सफल बनाउन सान फ्रान्सिस्को बे-एरिया निवासी सम्पूर्ण नेपालीहरुको सकृय सहभागीता हुनेछ भन्ने पूर्णबिश्वास लिएको छौ। 

कार्यक्रम मे महिना को २७ तारिक सनिबारका दिनको ३ बजे देखि MLK (Jr ) Civic Center Park ,Berkeley (Front of Berkeley High School) मा हुन गइरहेको शान्ति पदयात्रामा सहभागी भैदिनु भै नेपाल र नेपालीको पहिचान साथै संस्कृति जगेर्ना गर्न यस संस्थाले अघि सारेको अभियानमा ठोस टेवा पुर्याई दिनुहुन कार्यक्रम आयोजक कमिटी हार्दिक आब्हान गर्दछौ। 

धन्यबाद!

सुनिल राज कर्णिकार 

महासचिव 

बुद्ध नेपाल पिस फाउण्डेशन