बुद्ध नेपाल पिस फाउन्डेसनलेको बुद्ध जयन्ति तथा शान्ति पदयात्रा

Hollywood Khabar May 11,2018 Comments

बुद्ध नेपाल पिस फाउन्डेसनबाट हलिउडखबरको लागि प्राप्त,

आदर्णीय सम्पूर्ण उत्तरी क्यालिफोर्नियाबासी दिदीबहिनी तथा दाजुभाईहरुमा,
२५६२ औ बुद्ध जयन्तिको उपलक्ष्यमा मंगलमय मंगलमय शुभ-कामना साथै शान्ति पदयात्रामा यहाँको उपस्थितिको हार्दिक निमन्त्रणा !

यही आउदो May १९, 20१८ सनिबार को दिन हाम्रो राष्ट्रिय बिभूति शान्तिका अग्रदुत, अहिंशाका प्रतिक भगवान गौतम बुद्धको जन्मदिनको उपलक्ष्यमा हरेक बर्ष झैँ बुद्ध नेपाल पिस फाउन्डेसनले अयोजना गर्दै आएको पाचौ बुद्ध जयन्ति शान्ति पदयात्रामा बर्क्ली सहरमा योजना हुदै छ।

उक्त कार्यक्रममा यहाको गरिमामय उपस्तिथिको कामना गर्दै यस पदयात्रालाई भव्यताका साथ सम्पन गराउन हजुरहरुको मुख्य भूमिका रहेकोले आफु लगायत आफ्नो संस्था, वा व्यक्तिगत रुपमा सबैलाई जानकारी गराउन हुन् बिनम्र अनुरोध गर्दा छौ।   साथै आफ्नो मौलिक भेस भुषाका साथ उपस्थितिको हार्दिक निमन्त्रणा गर्दछौ।

शान्तिको अग्रदूत अहिंशाका प्रतिक गौतम बुद्ध नेपालको राष्ट्रिय बिभूति हो त्यहिँ पबित्रभुमीमा जन्मेका हामी नेपाली यस अमेरिकी भूमिमापनि एकबद्ध भै सहकार्य गर्दै हिड्दा हरेक नेपालीको शिर विश्व सामु ठाडो हुनेछ , छाती गर्वले प्रफुल्ल हुनेछ !

(Lumbini, the birthpalce of the Lord Buddha ) यस सच्चाईको आवाज गर्वका साथ विश्वसामु पुर्याउन सथै विश्वशान्ती, अहिंशा र भातृत्वको संदेश फैलाउन यस शान्ति पदयात्रा गर्दै आएको यहाँ हरु सबैलाई बिदितै छ।

यस महत्वपूर्ण कार्यक्रममा तपाईको उपस्थितिले आफ्नो राष्ट्रिय विभूतिको सम्मान, विश्व सामु आफ्नो राष्ट्र र राष्ट्रियताको पहिचान, साथै विश्व शान्तिको लागी ठुलो मदत पुग्नेछ !

यस पबित्र समारोहमा शान्तिको प्रतिक परेवा समेत उडाएर सम्पन्न गर्ने हाम्रो कार्यक्रम रहेको छ भने , पहिलो पल्ट हिमालयन फेयर संग हातेमालो गर्दै यस क्षेत्रको सम्पूर्ण संघ संस्थाको सक्रियतामा यो बौद्ध मार्गमा सहभागी भइ, शान्त र शभ्य रुपमा हामी गौतम बुद्धका सन्तान हौ भन्ने भावलाई अङ्गीकार गर्दै बौद्ध दर्शन, बुद्ध ज्ञान ,बुद्धका बाणी, भजन र स्तुति गाउदै शान्तरुपमा समाबेस हौ !

त्यसैले यहाँको उपस्थिति अति नै महत्वपुर्ण र प्रसंसनिय रहनेछ ! हाम्रो उपस्थिति , हाम्रो भाइचारा र एकतानै हाम्रो पहिचान हो , यस कार्यक्रमले अनेकतामा एकताको ज्योति बाल्ने छ भने हामी शान्तिको अग्रदुतका बाहक भएर विश्व शान्तिको कामना गर्दै हिड्ने छौ। यो हामि सबैको गौरबको पल हुने छ।

आउनुहोस यो हामी सबैको साझा कार्यक्रम हो यसलाई सफल पार्न हामी सबैको कर्तब्य हो। हामी स्वादेश वा विदेश जहाँ रहेता पनि आफु जन्मेको राष्ट्र, राष्ट्रियता र राष्ट्रिय बिभूतिहरुको पहिचान र संरक्षण गर्नु हामी सबैको सामुहिक कर्तब्य र धर्म हो !

नेपाल, सगरमाथा र गौतम बुद्धको देसमा हामीले सकेको योगदान पुर्याउनु र देशको आर्थिक, सामाजिक र धार्मिक महत्वलाई उजागर गर्दै बिदेसी पर्यटकलाई नेपाल भ्रमण को लागि प्रोत्साहन गर्न समेत यस कार्यक्रमले योगदान दिदै आएको छ र दिने छ। त्यसैले हामी सबै हातेमालो गरेर यस पबित्र कार्यलाई भव्यताका साथ सफल पारौ!