बुद्धमूर्ति तोडफोडको चौतर्फी विरोध

0
shares

by editor (editor@gmail.com) | Updated: 18 Jul 2019

84 views
तस्बिर वेब

३ साउन बुटवल।तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भाग (डिभाइडर) मा राखेको बुद्धमूर्ति तोडफोडको चौतर्फी विरोध भएको छ। बुटवल–बेलहिया सिद्धार्थ राजमार्गको डिभाइडरमा राखिएका गौतमबुद्धका मूर्ति तोडफोडको घटनाप्रति स्थानीय तह, राजनीतिक दल र व्यावसायिक तथा सामाजिक सङ्घ संस्थाले विरोध जनाएको हो।मूर्ति तोडफोडको घटनाप्रति तिलोत्तमा नगरपालिकाले घोर निन्दा र भत्र्सना गरेको छ।राष्ट्रिय विभूति, शान्तिका अग्रदूत, महामानव गौतमबुद्धका मूर्तिमा लगाइएको ‘कुदृष्टि’ ले नगरवासीलाई दुःखी बनाएको नगरपालिकाले जनाएको छ। 

रुपन्देहीको नयाँ मिलदेखि शङ्करनगर सम्म बुटवल–बेलहिया सिद्धार्थ राजमार्गको डिभाइडरमा स्थापना गरिएका मध्ये पाँच वटा मूर्ति गएराति अज्ञात समूहले तोडफोड गरेको थियो।तिलोत्तमा नगरपालिकाको आज बसेको कार्यपालिकाको आकस्मिक बैठकले घटनाको निन्दा गर्दै नगरपालिकाको कामबाट अत्तालिएको विकास विरोधी तत्वबाट नियोजित रुपमा घटना गराइएको ठहर गरेको बैठक पछि प्रवक्ता सुरेन्द्र श्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।