-ब्रिटिश गोर्खाल राइफल्स

ब्रिटिश सेनामा गोर्खाल राइफल्स तेश्रो बटालियन स्थापना, भर्ना २०१९ बाटै सुरु

Hollywood Khabar March 12,2019 Comments

ब्रिटिश सेनामा नयाँ खोलिएको गोर्खा राइफल्स तेश्रो बटालियनको भर्ना २०१९ बाट नै शुरु गरिने कुरा भएको छ।

हालैका वर्षहरुमा विश्वका शक्तिशाली देशहरुमा सेनामा काम गर्ने व्यक्तिहरु घट्दै गएको अवस्थामा बेलायतले पनि सो संकटको सामना गर्नुपरेको कुरा खुलाएको छ। अब त्यसलाई समाधान गर्नको लागि बेलायतले गोर्खाहरुको लागि नयाँ तेश्रो गोर्खा राइफल्स बटालियनको गठन गरेको छ।

नयाँ बटालियनमा गोरखा राइफल्समा नेपालीहरुको संख्या ४ हजार पुग्ने कुरा बेलायती रक्षा मन्त्रालयले जनाएको छ। ब्रिटिश रक्षा राज्यमन्त्री लाङ्कास्टरले दुई शताब्दीभन्दा बढि समयदेखि गोर्खाहरूले आफ्नो क्षमता र शाहसका कारण निकै उच्चस्तरको सेवा र बलिदानी दिएका छन्। उनीहरुले ब्रिटिस सेनासम्म ल्याएको त्यही मौलिक विज्ञता र दृष्टिकोणकै कारण तेस्रो बटालियनमा निर्माणका लागि छानिएको हो भनेका छन्।