-सांकेतिक तस्विर

घरमा एक्लै रहेकि ७० बर्षीया बृद्दाको हत्या 

Hollywood Khabar January 15,2020 Comments

३माघ,गोरखा।गोरखामा घरमा एक्लै  सुतिरहेकि एक बृद्दाको धारिलो हतियारले हानेर हत्या गरिएको अवस्थामा सव भेटिएको छ ।सिरानचोक गाउँपालिका–८ फिनामटारस्थित घरमा एक्लै रहेकी  ७० बर्षीया मनमाया श्रेष्ठको हत्या गरिएको अवस्थामा सव भेटिएको हो।इलाका प्रहरी कार्यालय जौवारीको टोली घटनास्थल पुगेर हेर्दा श्रेष्ठको घाँटीमा धारिलो हतियारले घोचेको घाउँ देखिएपछि दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको 
गोर्खाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले  बताए।