चलचित्र व्वाईफ्रेण्डको बिशेष शो भव्य रुपमा सम्पन्न

Hollywood Khabar August 02,2017 Comments

निर्माता लायन कृष्ण खनालको निर्माण तथा मदन घिमिरेको निर्देशन तथा सुर्य बुढाथोकीको प्रस्तुती रहेको चलचित्र व्वाईफ्रेण्डको हिजो राजधानीको विएसआर मुभि बिजि मलमा भव्यताका साथ बिशेष शो सम्पन्न भयो।
समाजका लब्ध प्रतिष्ठीत व्यक्तित्वहरुको साथमा सम्पन्न भएको उक्त कार्यक्रममा फिल्म हेरेर निस्केका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिए । सम्पतिको रवाफमा आफ्ना सन्तान कुन बाटोमा हिडिरहेका छन् त्यो वास्ता नगरी सन्तानको खुसी नै सर्वस्व हो भन्दै आफु अन्धकारमा बस्ने बाबु आमाका लागि सन्देश मुलक चलचित्र हो व्वाईफ्रेन्ड। बुढाथोकी व्यानरमा निर्माण भएको यो चलचित्रमा पुष्कर रेग्मी र महिमा सिलवालको मुख्य भुमिका रहेको छ।
फिल्मीजुम डट कमको आयोजनामा सम्पन्न भएको उक्त बिशेष शोबाट उठेको केही रकम फिल्मीजुम फउण्डेशन मार्फत लमजुड. जिल्लाका केही भुकम्प पिडीत बालबालिकाको शिक्षामा सहयोग गर्ने फिल्मीजुम डट कमकी संचालक स्वस्तिका चिलुवालले बताएकी छिन्।  फिल्मी जुम डट कमले यसरीनै फन्टहरु कलेक्सन गरी बालबालिका तथा बृद बृदाको क्षेत्रमा सहयोग गर्दै आईरहेको छ।