ब्लड डोनर्स अफ अमेरिकाको क्यालिफेर्निया च्याप्टर बिस्तार

Hollywood Khabar May 28,2017 Comments

मे २८,२०१७,लस एञ्जलस, क्यालिफोर्निया ।

ब्लड डोनर्स अफ अमेरिका (BDA) एक गैर नाफामूलक, गैर धर्मिक तथा गैर राजनीतिक  परोपकरी 501(c)3 सामाजिक संस्था हो। बिशुध्द मानवसेवाको भावनाबाट प्रेरित भै रक्तदान र रक्तदान शिक्षाको माध्यमबाट समाजमा योगदान पु-याउने उद्धेश्यले  स्थापित यस संस्थाले अमेरिकाका ५० वटै राज्यहरुमा आफ्नो पहूँच बिस्तार गर्ने लक्ष राखेको र हालसम्म क्यालिफोर्निया लगायत अमेरिकाका २८ राज्यहरुमा आफ्नो च्याप्टर बिस्तार गरिसकेको छ।

संस्थाका क्यालिफोर्निया च्याप्टरका संयोजक श्री एकदेब शर्माको संयोजकत्वमा आज मे २९, २०१७ का दिन लस एन्जलसमा बसेको समाजसेवीहरूको एक भेलाले क्यालिफोर्निया च्याप्टरको बिस्तार गरेको छ। च्याप्टरको आगामी कार्यक्रमको बारेमा सोधिएको एक प्रश्नको उत्तरमा संयोजक श्री एकदेब शर्मा भन्नुहुन्छ- "स्थानीय अन्य सामाजिक संघ संस्थाहरूसंग समन्वय गर्दै क्यालिफोर्नियाका बिभिन्न शहरहरुमा रक्तदान कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गरिने र यस अभियानमा आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरी मावबसेवा कार्यमा सहभागी हुनका लागी सम्पूर्ण क्यालिफोर्नियाबासी नेपालीहरूमा आह्वान गर्दछु।"

संस्थाको कार्यकरी सदस्य शारदा श्रेष्ठको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रक्रममा NRNA ICC सदस्य दिल श्रेष्ठले रक्तदानको महत्वका बारेमा प्रकाश पार्नु भएको  थियो।

बिस्तारित उक्त समितिमा निम्नानुसारका सदस्यहरु रहनु भएको छ

१- एकदेव शर्मा - संयोजक 

२- कृष्ण कोइराला 

३- चिरन्जिबी गौतम

४- उत्तम जङ्ग थापा 

५- उपेन्द्र न्यौपाने

६- लक्ष्मण अधिकारी 

७- ज्ञानेन्द्र गुरुङ्ग 

८- मनिता योगी 

९- लक्ष्मण नेपाल

१०- झमक निरौला 

११- कर्ण चन्द 

१२- शीला आले

१३- गोपाल अधिकारी 

१४- टिका आङ्गदम्बे 

१५- थलबीर वली 

१६- बाबु आचार्य 

१७- हेम बहादुर ठकुल्ला