https://www.youtube.com/embed/7YO9uzCrJ5U

Binod Roka

विनोद रोकाको छेकिएको म

Hollywood Khabar June 28,2018 Comments

विनोद रोका, न्युर्योक
धेरै भयो अरुका बारेमा थाहा पाऊने प्रयास गरेको अनि लेखेको। तर आफनै बारेमा थाहा पाऊने र लेख्ने तर्फ कहिल्यै सोचिएन। जानीनजानी कथा, कविता, गित, टुक्रा मबाट लेखिए र सार्वजनिक पनि भए। विशेष गरी गित र आध्यात्मीक अभिव्यक्तिहरु भने संगित रस्वरको माध्यमबाट बाहिर ननिस्कदा ती छटपटाऊदा रहेछन।

अनि एउटा श्रृजनालाई बाहिर ल्याऊनु पर्दा संगितकार, गायक, एरेन्जर,डाईरेक्टर, मोडल आदि भएन भने त्यो त्यसै हराऊछ। यति खर्च गरेर निस्कीएको श्रृजना हिटनै हुनु पर्छ भन्ने मान्यता रहने हुदा बजेटकोलेखाजोखा हुदैन। रचनाकारले आफनै खर्चबाट निकालेको खण्डमा सबै जोहो उसैले गर्नु पर्दछ। गीत राम्रो चल्यो भने गाऊनेको नामचल्छ। रचनाकार हराउछ। अनि बजारमा हिट नहुने रचनाहरुलाई अरुले खर्च गरेर गाऊदैन। यसरी चल्छ भनेर निस्कीएको श्रृजना सबैहिट नै हुन्छन भन्ने ग्यारेण्टी पनि हुदैन।

मैले कोरेका भजन र गितहरुको संख्याको झण्डै दुई ठेली भएछन। यीनीहरुले मलाई घचघच्याऊछन गाईदे भनेर। तर म गाऊन रबजाऊन त्यति जान्दीन। रहर लाग्छ त्यसैले जिस्कीन पनि छोडदिन। यहि जिस्कने क्रममा निकै गितहरु घरभित्रै बसेर गाउदै छु। त्यसैमध्येको एउटा यो आफैलाई म को हु ? भन्दै खोज्ने क्रममा केही सुनेर र केही अनुभवको आधारमा निस्कीएको एउटा भावलाई किवोर्डर ऐपबाट बज्ने तबलाको माध्यमकाट गाऊने प्रयास गरेको छु। जस्ले गर्दा खर्च पनि बच्यो र मेरो उदेस्य पनि पुरा भयो। किनकि भएकैनाम र यस्मा जोडिएका विशेषणहरुले म पुरिएर हराएको हुदा उल्खनन गर्दैछु।

मेरो यो सांगितिक अभिव्यक्ति मेरै संन्तुष्ठिको लागि अनि जिवनको पाटोलाई म को हु< भनेर आफै भित्र खोज्ने जिज्ञासुहरुको लागि होनकि हिट होस भन्ने। त्यसैले यो मेरो पहिलो प्रयासलाई सार्वजनिक गर्ने निधो गरे। यद्यपि गायक मोहन भुसालजीले फेरी एकपटक ट्राईगनुहोस भन्नु भएको थियो। त्यो फेरी अर्को चोटीलाई। अनि गितलाई दृस्यहरु राखेर सहयोग गर्नुहुने साधक भाई आभाष पोखरेल प्रतिआभारी छु।
सबैको मंगल होस।