-तस्बिर साभार वेब

बोलोन डी’ओर अवार्ड जितेलगतै खेलेको खेलमा लियोनल मेसीको ह्याट्रिक

Hollywood Khabar December 06,2019 Comments

२२ मंसीर काठमाण्डौं।छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेलगतै खेलेको खेलमा लियोनल मेसी ह्याट्रिक गर्न सफल भएका छन् । स्पेनिस लालिगा अन्तर्गत आइतबार बिहान रियल माल्लोर्काविरुद्ध भएको खेलमा मेसीले ह्याट्रिक गरेका हुन् । यस खेलमा बार्सिलोना ५–२ ले विजयी बन्यो । 

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा ७औं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । १७औं मिनेटमा मेसीले गोल गरी अग्रता दोब्बर बनाए । ३५औं मिनेटमा माल्लोर्काका अन्टे बुदिमिरले गोल गरी २–१ बनाए । ४१औं मिनेटमा मेसीले अर्को गोल गरी अग्रता पुन बढाए । लगतै ४३औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना पहिलो हाफमै ४–१ ले अघि बढ्यो । 

दोस्रो हाफको ६४औं मिनेटमा अन्टे बुदिमिरले अर्काे गोल गरी माल्लोर्कालाई खेलमा फर्काउने प्रयास गरे । मेसीले ८३औं मिनेटमा तेस्रो गोल गरी ह्याट्रिक पूरा गरे । यो उनको ला लिगाको ३५औं ह्याट्रिक हो। खेलअघि मेसीले क्याम्प नाउम छैटौं पटक पाएको बोलोन डी’ओर अवार्डको प्रदशैन गरेका थिए। गत सोमबार मात्रै मेसीले बोलोन डी’ओर अवार्ड पाएका थिए ।