हलिवुड नगरीमा बलिवुड स्टार मिका सिंहको एकल प्रस्तुती

Hollywood Khabar March 31,2017 Comments

कला संगित र साहित्यको कुनै सिमाना हुंदैन भनेझैं गत साता हलिवुड नगरी लस एन्जलसमा विश्वकै दोस्रो ठूलो फिल्म नगरी  बलिवुडका ख्यातीप्राप्त गायक मिका सिंहको एकल सांगितिक प्रस्तुती भब्यताका साथ सम्पन्न भयो।

 युवा पुस्ताका भारतिय मात्र नभै उनको स्वरको जादूमा मस्त भै नाचिरहेका अमेरिकी र हज्जारौं देशी विदेशी दर्शकमाझ चल्तिका भारतिय गित संगितको स्वाद पस्कदै गायक मिकाले  संगितको कुनै भाषा नहुने र यो विश्वब्यापी रहने कुरा साबित गरिदिए । आयोजक स्टेज पेन्ट प्रोडक्सनका मनोज कायेटीले  मनोरन्जनका अलावा सांगितिक प्रस्तुतीसंगसंगै परदेसमा  रहेका सबैलाई स्वदेससंग जोड्न यस्ता कार्यक्रमले ठूलो भुमिका खेल्ने बताए। मिका सिंहले गायनकै क्रममा  उफ्रिरहेका  दर्शकलाई भावुकताका कुरा गर्दै जहां रहे पनि आफ्नो देश र कला संस्स्कृतीको प्रसार गर्नु पर्ने वाचा गराए।  उनलाई सुन्न भारतिय मात्रै न भै दक्षिण एशियाका दर्शकको लंग बिच टेरेस थिएटरमा ठूलो उपस्थिती थियो।

नेपाली तथा नेपाली मुलका भारतियहरुको जमातको प्रतिनिधित्व गर्दै आएका दर्शकलाई नमस्ते सम्बोधन गर्दै आफुलाई सुन्न आएका पाकिस्तानी दर्शकलाई सलाम टक्रयाएर उनले कलाकारको हृदयको विशालताको परिचय दिए। हिन्दू मुसलिम शिख इसाई सबैलाई सम्बोधन गरेर आफ्नो प्रस्तुतीको बिच बिचमा गुजराती, बंगाली , पन्जाबी जस्ता अन्य स्थानिय भारतिय भाषामा दर्शकको मन छुने कुराकानी गर्दै गायक मिका सिंहले सबैसंग अपनत्व बांडेर प्रस्तुतीलाई नौलो रुप दिने कोशिस गरिरहे।               

आयोजक स्टेज पेन्ट प्रोडक्सनकी विक्री विभाग प्रमुख प्रिती पटेलका अनुसार  यस लगत्तै आगामी मे १३ आइतवारका दिन फेरी पनी  लस एन्जलसमा भारतिय गायकद्वय कुमार सानु र अलका याज्ञिकको संयुक्त गायन प्रस्तुती हुंदैछ । दुवै गायक गायीकाले  सयौं लोकप्रिय नेपाली चलचित्रका गितमा आफ्नो स्वर दिईसकेका छन । उनका गितहरु अझै पनि उत्तिकै हिट तथा सदाबहार छन।