तस्बिर वेब

बोक्सीको आरोप लगाउने ‘माता’सिवाकोटीलाई पक्राउ

Hollywood Khabar June 13,2019 Comments

३२ जेठ काठमाण्डौं।आफूलाई बोक्सीको आरोप लगाएको भन्दै मेचीनगर नगरपालिका–९ धुलाबारीकी ८१ वर्षीया गंगामाया बस्नेतको उजुरीको आधारमा प्रहरीले शुक्रबार अपराह्न ‘माता’ सिवाकोटीलाई पक्राउ गरेको छ ।केही दिनअघि नै छिमेकी कुमारी चम्लागाईंका नाममा उजुरी दिएकी वृद्धाले शुक्रबार आफूलाई ‘माता’ बताउँदै मन्दिरमा बस्ने पवित्रा सिवाकोटीविरुद्ध पनि जाहेरी हो ।जाहेरी परेपछि माता’विरुद्ध उजुरी पर्ना साथ इलाका प्रहरी कार्यालय धुलाबारीले पत्र लेखेर जिल्ला अदालत झापामा पठाएको थियो ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि ‘माता’लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले बताए । तर, अर्की महिला कुमारी चम्लागाईंलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरिसके पनि प्रहरीले पक्राउ गरेको छैन ।चम्लागाईं बिरामी रहेको भन्दै प्रहरीले पक्राउ गर्न आलटाल गरेको हो ।‘चम्लागाईंलाई पक्राउ गर्न अस्ति नै पुर्जी पाएका छौँ, तर उनी बिरामी छिन् भन्ने कुरा आयो,’ प्रहरी निरीक्षक कार्कीले भने, ‘एम्बुलेन्सका चालकले पनि उनी बोल्नै नसक्ने गरी अचेत अवस्थामा रहेको बताए ।’