युगन्डामा मृत्युु भएका बुढाथोकीका परिवारलाई २३ लाख क्षतिपूर्ति

Hollywood Khabar April 24,2018 Comments

हलिउडखबर संवाददाता/कम्पाला/युगान्डा
गत बर्ष युगान्डामा मृत्युु भएका नेपाली पोस्ट बहादुर बुढाथोकीका परिवारलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) युगान्डाको पहलमा निजको कार्यरत कम्पनी कामुली सुगर लिमिटेडबाट क्षतिपूर्ति र बिमा बापत नेपाली २३ लाख रुपैया आज नेपाल पठाइएको छ।

एनआरएनए एनसीसी युगान्डाका अध्यक्ष राजमणि भन्डारीका अनुसार मृतक बुढाथोकीकी आमा इन्द्रमाया बुढाथोकीको खातामा ५४५० अमेरिकन डलर र छोरी अन्जली बुढाथोकीको नाममा १६९५० अमेरिकन डलर बैंकबाट वायर गरिएको छ।

संघका पूर्ब अध्यक्ष रमेश कंडेलका अनुसार छोरी नाबालिक हुन्जेल मुद्दती खातामा उनको रकम रहने ब्यबस्था गरिएको छ भने त्यसको ब्याजबाट प्राप्त हुने रकम उनको शिक्षा र पालन पोषणका लागि आमालाई खर्च गर्न दिइने ब्यबस्था गरिएको छ।